वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा किसानहरुलाई ५० प्रतिशत अनुदानमा माेटर वितरण गरिएकाे छ ।
वडा स्तरिय कृषि मोटर पम्प वितरण कार्यक्रम अन्तर्गत जगरनाथपुर गाउँपालिकाकाे वडा नं.३ बिजवनियाका ३५ जना किसानहरुलाई विद्युतिय मोटर पम्प वितरण गरिएकाे जगरनाथपुर गाउँपालिकाका कृषि शाखा प्रमुख दाया चाैहानले जानकारी दिए ।
किसानलाई सिचाई गर्न सहज हुने उद्देश्यले गाउँपालिकाबाट अनुदानमा कृषि माेटर वितरण गरिएकाे जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त प्रदान यादवले वताए ।
वडाध्यक्ष सुभाष प्रसाद यादव अध्यक्षता र गाउँपालिका अध्यक्ष यादवकाे प्रमुख आतिथ्यतामा भएकाे कृषि माेटर वितरण कार्यक्रम गाउँपालिकाकी उप प्रमुख बविता सिंह क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत सन्देश कुमार यादव लगायतकाे उपस्थिती रहेकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस