25.1 C
Birgunj
30 March 2025
KALIKATIMES.COM

ठाकुर रामकाे स्ववियू निर्वाचनमा नेवि संघका वागी उम्मेदवार राजकुमार प्यानल विजयी

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेविसंघका बागी उम्मेदवार राजकुमार यादव प्यानल विजयी भएकाे छ ।

बिहीबार दिउँसो सम्पन्न मतगणनाकाे अन्तिम नतिजा अनुसार, स्ववियु सभापतिमा यादव १ हजार १ सय १५ मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेविसंघका सभापतिका उम्मेदवार विकास मण्डल धानुककले ६५३ मत पाए ।

यसैगरी सभापति पद कै समाजवादी विद्यार्थी युनियनका उम्मेदवार हरि किशोर यादवले ५६२ मत, सुधीर पटेल समूहका कमलेश कुमार यादवले ४५० मत र अनेरास्ववियुका पवन यादवले ३८६ मत पाएका छन् ।

यस्तै स्ववियुकाे सचिवमा यादव प्यानलकै मन्दिरा चाैधरी ६७२ मतका साथ विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी समाजवादी विद्यार्थी युनियनका दिपक पटेलले ५९९ र नेविसंघका राेहित सिंहले ५४३ मत ल्याए ।

यस्तै काेषाध्यक्षमा यादव प्यानलकै अंकित पटेल ८२२ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेविसंघका दिपक पटेलले ६९० मत ल्याए ।

१६ वर्षपछि ठाकुरराम क्याम्पसमा चैत ५ मा भएको निर्वाचनमा कुल १० हजार ७२९ मतमध्ये ४ हजार २९९ मत खसेकाे थियाे ।

चैत ५ मा भएको निर्वाचनको मतगणना चैत ६ गतेदेखि सुरु भएकोमा एउटा मतपेटिकाकाे सिल नम्बर फरक परेपछि विवाद भई चैत ७ गतेदेखि मतगणना राेकिएकाेमा बुधबार अपरान्हदेखि फेरि सुचारु भएको थियाे ।

सभापतिमा निर्वाचित यादव कांग्रेस वरिष्ठ नेता शेखर काेइराला पक्षका हुन् । यादवलाई कांग्रेसले नेविसंघको उम्मेदवार नबनाएपछि उनले नेपाल विद्यार्थी समुहबाट प्यानल नै बनाएर उम्मेदवारी दिएका थिए ।

यादवलाई पर्सा जिल्लाका शेखर काेइराला पक्षका नेताहरु श्याम पटेल, सुरेन्द्र चाैधरी, बैकुण्ठ श्रीवास्तव, अजय दिवेदीका साथै नेविसंघका केन्द्रीय सदस्य मुनराज तिवारी, विकेश पटेल लगायतका नेताहरुले समर्थन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:4.329 sec. Memory consumption:82.41 mb