21.7 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

नेपाल राष्ट्र बैंक वीरगंजद्वारा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

वीरगंज । नेपाल राष्ट्र बैंक वीरगंजले वित्तिय साक्षरता कार्यक्रम संचालन गरेकाे छ । ग्लाेबल मनी विक २०२५ अन्तर्गत नेपाल राष्ट्र बैंक वीरगंज कार्यालयले आफ्नै कर्मचारीहरुलाई परिचालन गरेर पर्सा, बारा र राैतहट जिल्लामा वित्तिय साक्षरता सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।

ग्लाेब ‍मनी विक अन्तर्गत नै नेपाल राष्ट्र बैंक वीरगंजकाे कार्यालयमा भएकाे वित्तिय साक्षरत सम्बन्धि बहस कार्यक्रमकाे भिडियाे देखाएर पर्सा, बारा र राैतहटकाे ३ ठाउँमा वत्तिय साक्षरता सम्बन्धि अन्तरक्रिया गरिएकाे नेपाल राष्ट्र बैंक वीरगंजका सहायक निर्देशक नरेश कुमार सरार्फले वताए ।

उनका अनुसार वीरगंजस्थित हरिखेता बहुमुखि क्याम्पस, बाराकाे मनिहर्वास्थित श्री नेपाल राष्ट्रिय उच्च माद्यमिक विद्यालय र राैतहटकाे गरुडा नगरपालिका वडा नं. ५ मा रहेकाे श्री माद्यमिक विद्यालय महमदपुरमा वित्तिय साक्षरत सम्बन्धि अन्तरक्रिया गरिएकाे हाे ।

कार्यक्रममा सहभागि विद्यार्थी र युवाहरुसंग वित्तिय साक्षरता सम्बन्धि ज्ञान आदानप्रदान समेत गरिएकाे बैंकका सहायक निर्देशक सर्राफले वताए । कार्यक्रमले नयाँ पुस्ताहरुमा वित्तिय साक्षरता प्रवाह गर्न सहयाेग पुग्ने नेपाल राष्ट्र बैंककाे विश्वास रहेकाे उनले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:220. Generation time:4.925 sec. Memory consumption:82.71 mb