31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

खेलाडी राष्ट्रका गहना हुन्, संरक्षण जरुरी छ : सभापति मिश्र

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय सभापति जितेन्द्र मिश्रले खेलाडी देशको गाहना भएकाे बताएका छन् । बोर्डर हाँगामा क्रिकेट क्लब भेडीहर्वाद्वारा आयोजित नाइट टुर्नामेन्टको विजेतालाई पुरस्कार वितरण गर्दै सभापति मिश्रले यस्ताे वताएका हुन् ।

टुर्नामेन्टकाे पुरस्कार वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै क्षेत्रिय सभापति मिश्रले भने “खेलले देशकाे नाम र पहिचान हुन्छ । त्यही भएर खेलाडीकाे संरक्षण गर्नु पर्छ ।” कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सभापति मिश्रले स्थानिय स्तरबाट राष्ट्रिय स्तरकाे खेलाडी उत्पादन हुने भएकाेले खेल प्रति हाम्राे छिपहरमाई गाउँपालिकाकाे ध्यान जान जरुरी छ ।

छिपहरमाई गाउँपालिकामा धेरै व्यतिथिती रहेकाे बताउँदै उनले त्यस तर्फ स्थानिय जनता जागरुप हुन जरुरी रहेकाे वताए । अब आउने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको विकल्प नरहेकाे उनले दाबी समेत गरे ।

सभापति मिश्रले टुर्नामेन्टका विजेता टिम भारत विहारका इनार्वालाई रेन्जर साइकल र नगदसहित मेडलले पुरस्कृत गरेका थिए । त्यसैगरी उपविजेता टिम लिपनीलाई मेडल र नगद पुरस्कार वितरण गरिएकाे हाँगामा क्रिकेट क्लबका सदस्य रमेश दास तत्त्वले जानकारी दिए ।

पुरस्कार वितरण कार्यक्रममा छिपहरमाई गाउँपालिका वडा नं. २ का वडा सदस्य कमल दास तत्वा, रमेश दास तत्वा, राष्ट्रिय स्वतन्त्र पार्टी छिपहरमाई गाउँपालिका सचिव मनबोद यादव लगायतकाे उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:2.953 sec. Memory consumption:82.4 mb