31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

जय गुरुदेव एकाडेमीकाे दोस्रो वार्षिकोत्स भव्य रुपमा सम्पन्न

वीरगंज । पर्साको कालिकामाइ गाउँपालिकामा रहेको जय गुरुदेव एकाडेमी स्कूलकाे दोस्रो वार्षिकोत्स शनिबार भव्य रुपमा सम्पन्न भएकाे छ । विद्यालय परिसर मै वार्षिकोत्सबको अवसरमै भएकाे कार्यक्रमकाे उद्घाटन पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य सिंगासन साह कलवारले गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै पूर्व मन्त्री कलवारले मुलुककाे शिक्षा क्षेत्रमा निजि विद्यालयहरुकाे ठुलाे याेगदान रहेकाे वताए । उनले यस स्कूलका विद्यार्थीहरुकाे प्रस्तुती देखेर आफू खुशी भएकाे बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पूर्व मन्त्री कलवारले ग्रामिण भेगमा रहेकाे याे विद्यालय राम्राे गरेकाे र अझै राम्राे गर्नु पर्ने शुभकामना दिए ।

कार्यक्रममा विद्यार्थीहरुले नृत्य, वक्तृत्वकला, गायन, सामाजिक संदेश दिने खालका सामूहिक ड्रामा लगायतका मनोरञ्जनात्मक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

स्कूलका सञ्चालक रामबाबु साहको अध्यक्षतामा भएकाे कार्यक्रममा कालिकामाई गाउँपालिकाका अध्यक्ष वशिष्ठ कुमार गुप्ता, पोखरिया नगरपालिकाका पूर्व मेयर दिपनारायण रौनियार, विद्यालयका विजय शाह, बलिराम शाह, सुनिल कुशवाहा, विद्यार्थी, अभिभावक, शिक्षक, शिक्षिका र स्थानिय सञ्चारकर्मीको सहभागीता रहेको थियो ।

साेही कार्यक्रम मै विद्यालयले आयोजना गरेको विभिन्न प्रतियोगिताका विजेता विधार्थीहरुलाई मेडल, शिल्ड र प्रमाणपत्र समेत वितरण गरिएको विद्यालयका प्रधानाध्यापक हितेश राणा थापाले जानकारि दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:216. Generation time:4.957 sec. Memory consumption:82.43 mb