वीरगंज । आज विश्व जल दिवस । मार्च २२, २०२५ को दिन मनाइने विश्व जल दिवसकाे यस बर्षकाे मुख्य नारा “हिम नदि सरंक्षण” रहेकाे छ । जल दिवसको अवसर मै आयाेजित एक कार्यक्रममा वाेल्दै जल तथा मौसम विज्ञान कार्यालय, कोहलपुरका साहायक हाईड्रोलोजिस्ट इन्जिनियर बरमेश चन्द्रवंशीले पानीकाे बचत जरुरी रहेकाे वताएका छन् ।
पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ५ बिरन्चीबर्वा निवासी इ. चन्द्रवंशीले विश्व जल दिवसको अवसरमा आयाेजित कार्यक्रममा आफ्नाे प्रस्तुती दिदै विरगंज लागायत पर्साको अन्य गाउँमा भूमिगत पानीकाे समस्या हुने भएकाेले पानीकाे बचत गर्नु पर्ने धारणा राखेका हुन् ।
उनले भूमिगत पानीको समस्या (Ground Water Depletion in Parsa) मा हुनुको कारण तथा तीनका समाधानको समेत र्चाचा गर्दै पानी को महत्व व्यङ्गागतम शैलीमा तल उल्खेखित अनुसार प्रस्तुत गरे ।
save water !
पानी हजुर बुवाले नदिमा देख्नु भयो,
बुवाले इनारमा देख्नु भयो,
हामीले धारामा देख्यौँ,
हाम्रा छोराछोरीले बोतलमा देख्नेछन,
हाम्रा नातानातिनाले क्याप्सुलमा देख्नेछन,
यदि हामीले अझै बेवास्ता गर्यो भने एक दिन आँसुमा मात्र देखिनेछ ।
उनले अवको केही दिनमा फेरी पनि पानीको समस्य आउने सक्ने अनुमान गरेका छन् । अहिले देखी आउन सक्ने पानीकाे समस्याबाट जाेगिन उपायकाे बारेमा साेच्नु पर्ने पालिकाका जनप्रतिनिधिहरुलाई इ. चन्द्रवंशीले सुझाव दिएका छन् ।