26.8 C
Birgunj
28 March 2025
KALIKATIMES.COM

जगरनाथपुरमा अन्तर्राष्ट्रिय वन दिवसको अवसरमा वृक्षरोपण

वीरगंज । अन्तर्राष्ट्रिय वन दिवसको अवसरमा शुक्रबार पर्साकाे जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानीमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएकाे छ । “समृद्धिका लागि वन परियोजना” अन्तर्गत भए कार्यक्रमकाे शुभारम्भ विरुवा राेपेर जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले गरेका थिए ।
 
वृक्षाराेपण कार्यक्रमको उद्देश्य वन संरक्षणद्वारा खाद्य सुरक्षा, वातावरणीय स्थिरता, र समृद्ध भविष्य निर्माण रहेकाे गाउँपालिका अध्यक्ष यादवले वताए । वनले पोषणयुक्त खाद्य आपूर्ति, जैविक विविधताको संरक्षण, र जलवायु परिवर्तन नियन्त्रणमा खेल्ने महत्त्वपूर्ण भूमिकाबारे जागरूकता फैलाउन जरुरी रहेकाे उनले वताए ।
 
जगरनाथपुर गाउँपालिकाकाे आयाेजनामा भएकाे वृक्षाराेपण कार्यक्रममा जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकिय अधिकृत सन्देश कुमार यादव, वडाध्यक्ष नेपाली कुशवाहा, बिहारी महताे नुनिया लगायतकाे उपस्थित रहेकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सागढीको एकटांगामा २३९ जनालाई निस्सा बितरण

कालिका टाईम्स

स्व. अर्चना गुप्ताकाे स्मृतिमा पुरस्कार स्थापना

कालिका टाईम्स

राजावादीको प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको मृत्यु

कालिका टाईम्स
SQL requests:208. Generation time:2.103 sec. Memory consumption:82.18 mb