21 March 2025
KALIKATIMES.COM

विवादका कारण ठाकुर रामकाे मतगणना स्थगित, क्याम्पस प्रशासनले धाधली गरेकाे भन्दै विराेध प्रदर्शन

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना विवादका कारण स्थगित भएको छ । मतपेटिकामा लगाइएको सिल नम्बर नमिलेपछि उम्मेदवार र विद्यार्थी सङ्गठनहरूले विरोध गरेका कारण जारी मतगणना स्थगित भएकाे हाे ।

विवाद चर्किँदै गएपछि बिहीबार क्याम्पसको मूल गेट अगाडि स्ववियु उम्मेदवार, विभिन्न विद्यार्थी सङ्गठन र समर्थकहरूले टायर बालेर प्रदर्शन गरेका छन् । क्याम्पस प्रमुख, निर्वाचन अधिकृत र प्रहरीविरुद्ध नाराबाजी गर्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

मतदान स्थलमा सात नम्बर मतपेटिकाको सिल नम्बर परिवर्तन भएको भेटिएपछि मतगणना स्थलमा रहेका उम्मेदवार प्रतिनिधिहरूले आपत्ति जनाएका थिए । उम्मेदवारका प्रतिनिधिहरुले मतपेटिकाको सिल नम्बर र क्याम्पस प्रशासनसँग रहेको मुचुल्काको सिल नम्बर मेल नखाएको बताए । “हामीले विरोध गर्दा प्रशासनले सानोतिनो विषय भनेर पन्छिन खोज्यो,” उनीहरुकाे भनाई छ ।

विवादका बिच प्रहरीले मतगणना स्थल र क्याम्पस प्राङ्गणमा सञ्चारकर्मीहरूलाई प्रवेश गर्न रोक लगाएको छ । मतगणनाको रिपोर्टिङ गरिरहेका युथ्स अफ वीरगञ्जका पत्रकार सौरभ साहले प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले आफूसहित अन्य सञ्चारकर्मीहरूलाई जबरजस्ती बाहिर निकालेको बताए । “विवाद हुनसक्ने बहाना बनाउँदै डिएसपी लम्सालले हामीलाई बाहिर निकाले,” वताए ।

मतगणना स्थगित हुनुअघिको पछिल्लो परिणामअनुसार नेपाल विद्यार्थी समूहका अध्यक्ष पदका उम्मेदवार राजकुमार यादव ४२० मतसहित अग्रस्थानमा थिए । नेपाल विद्यार्थी संघ (नेविसंघ) का विकास मण्डल धानुक २६१ मतसहित दोस्रो, समाजवादी विद्यार्थी युनियनका हरिकिशोर यादव २२१ मतसहित तेस्रो, सुधीर पटेल समूहका कमलेश कुमार यादव २०४ मतसहित चौथो र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का पवन यादव १५० मतसहित पाँचौँ स्थानमा थिए । कुल १०,७२९ मतदातामध्ये ४,२९९ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

ठाकुररामकाे स्ववियु निर्वाचनमा धाँधली भएकाे भन्दै १० संगठनकाे आपत्ति

कालिका टाईम्स

जगरनाथपुरमा अन्तर्राष्ट्रिय वन दिवसको अवसरमा वृक्षरोपण

कालिका टाईम्स

२०८४ काे निर्वाचन सम्म प्रधानमन्त्री बन्दिन : अध्यक्ष प्रचण्ड

कालिका टाईम्स
SQL requests:215. Generation time:4.847 sec. Memory consumption:82.41 mb