31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

पर्साबाट एसईई परिक्षामा १२ हजार ६ सय ३७ विद्यार्थी सहभागि हुँदै

वीरगंज । पर्सामा पनि एसईई परिक्षाकाे सम्पूर्ण तयारी पुरा भएकाे छ । भाेली बिहिबारदेखि संचालन हुने एसईई परिक्षाकाे सम्पूर्ण तयारी पुरा भएकाे शिक्षा विकास तथा समन्व ईकाइ पर्साले जनाएकाे छ ।

शिक्षा विकास तथा समन्व ईकाइका अनुसार पर्सामा यस बर्षकाे एसईई परिक्षामा १२ हजार ६ सय ३७ विद्यार्थी सहभागि हुन लागेका छन् । जिल्लाका १४८ सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरु एसईई परिक्षामा सहभागि हुन लागेका हुन् ।

जिल्लाका २९ वटा सामुदायिक विद्यालयहरुमा एसईई परिक्षाकाे परिक्षा केन्द्र ताेकिएकाे छ । ति सबै परिक्षा केन्द्रहरुमा केन्द्राध्यक्ष समेत खटाइसकिएकाे शिक्षा विकास तथा समन्वय ईकाइ कार्यालय पर्साले जनाएकाे छ ।

जिल्लामा एसईई परिक्षा संचालनकाे लागि ६९ सहायक केन्द्राध्यक्ष, ६२९ निरिक्षक, ११४ परिक्षा सहायक, २४० कार्यालय सहयाेगी र ४३५ सुरक्षाकर्मी खटाइएका छन् । यस बर्षकाे एसईई परिक्षा फरक ढंगले संचालन हुने पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालयले दाबी गरेका छन् ।

परिक्षा समन्वय समितिका अध्यक्ष समेत रहेका सिडिओ अर्यालले परिक्षा मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरु निर्देशन समेत दिइसकेका छन् । १० वटा अनुगमन टाेली बनाएर परिक्षाकाे सुक्ष्म तरिकाले अनुगन गर्न तयारी रहेकाे उनले जानकारी दिए ।

उनले सुक्षम अनुगमनकाे क्रममा सबै भन्दा राम्राे देखिने परिक्षा केन्द्रकाे केन्द्राध्यक्षलाई रु १० हजार नगद सहित पुरस्कृति र सबै भन्दा बढी बिकृति भएका केन्द्रकाे नाम हामी सार्वजनिक निर्देशनकाे क्रममा घाेषण समेत गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:2.390 sec. Memory consumption:82.4 mb