वीरगंज । नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्र वीरगंजले विधुत महशुल्ककाे वक्याैता नबुझाउने ग्राहककाे लाइन काटने अभियान तिब्र रुपले संचालन गरेकाे छ ।
रु १० हजार भन्दा बढी बाकी रहेका दुई फेजका ग्राहकहरुकाे लाइन काटन अभियान संचालन गरिएकाे वीरगंज वितरण केन्द्रका प्रमुख अवधेश कुमार दुवेले जानकारी दिए । उनले नेपाल विद्युत प्राधिकरणकाे निर्देशन अनुसार बाकी बक्याैता असुल गर्न वीरगंजमा लाइन काटने अभियान संचालन गरिएकाे वताए ।
प्रमुख दुवेका अनुसार २०८१ साउनदेखि फागुन महिना सम्म वीरगंज वितरण केन्द्र मातहतका २ हजार २०४ जना ग्राहककाे लाइन काटिएकाे छ । उनले उपलब्ध गराएका तथ्यांक अनुसार साउनमा ९ जना, भदाैमा २१६ जना, असाेजमा १०४ जना, कार्तिकमा ३ जना, मंसिरमा १३० जना, पुसमा ५६२ जना, माघमा ६६३ जना र फागुनमा ५१७ जनाकाे लाइन काटिएकाे हाे ।
लाइन काटिएका ग्राहबाट एक अरब ३६ कराेड ५५ लाख ५० हजार ९ सय ८७ रुपैया विद्युत महशुल्क अशुल गर्नु पर्ने बाकी रहेका थियाे । यसैगरी गत बर्षमा पनि ३ हजार ६१६ जनाकाे लाइन काटिएकाे प्रमुख दुवेले जानकारी दिए । लाइन काटिएका ग्राहकहरु कहाँ २ अरब २३ कराेड ७ लाख ९४ हजार ९७१ रुपैया विद्युत महशुल्क वाकी रहेकाे थियाे ।
लाइन काट्ने ग्राहकहरुमा सब भन्दा बढी दुई फेजका सर्वसाधरण ग्राहक रहेका छन् । प्राधिकरणकाे लाइन काटने नितिले आम सर्वसाधरण नै मारमा परेका छन् । मंगलबार पनि वीरगंज ११ श्रीपुर नयाँ बस्तीमा सर्वसाधरणकाे लाइन काटिएकाे छ । विना सूचना र विना कुनै जानकारी अकास्मात लाइन काटिएका कारण आफुहरु मारमा परेकाे लाइन काटिएका ग्राहकहरु वताएका छन् ।
लाइन काटने ग्राहकहरुकाे पुन: लाइन जडान गराउन ८ सय ४७ रुपैया जम्मा गर्नु परिरहेकाे छ । लाइन काटिएकाे दिन नै सम्पूर्ण वाकी वक्याैत जम्मा गरे पनि थप जरिवानाले आफुहरु मारमा परेकाे ग्राहकहरुकाे गुनासाे छ । करोडौं रुपैया ठुला ठुला उद्योगि ब्यापारीहरु बाकी रहेपनी उनीहरुको लाईन नकाटनु र केही हजार मात्र बाकि रहेका सर्वसाधारण आम जनताको लाईन काट्नुले आफुहरुमाथि अन्याय भएको सर्वसाधारण ग्राहकको भनाई छ ।