वीरगंज । नबिल बैंकले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस राष्ट्रव्यापी पदयात्राका साथ मनाएको छ । नबिल बैंक, केन्द्रीय क्लस्टर-मधेश प्रदेशले शनिबार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा वीरगंजमा पदयात्रा निकालेकाे थियाे ।
“महिलाहरू गतिशील – कार्यलाई गतिशील बनाउनुहोस्” भन्ने मुल नारा साथ निकालिएकाे पदयात्रा वीरगंज बजार क्षेत्रकाे परिक्रमा पछि सम्पन्न भएकाे थियाे । बैंकका मधेश प्रदेश प्रमुख सुलभ कुमार श्रेष्ठले यो कार्यक्रमले महिलाहरूको उपलब्धिलाई मात्र मनाउने नभई सबै क्षेत्रहरूमा थप सकारात्मक परिवर्तनलाई प्रेरित गर्ने लक्ष्य राखेको वताए ।
बैंकका कर्मचारीहरूको उत्साहजनक सहभागिता निकालिएकाे पदयात्राले महिलाहरूको योगदानलाई सम्मान गर्न र लैङ्गिक समानतातर्फ द्रुत कार्यलाई प्रवर्द्धन गर्न मद्दत गरेको नविल बैंक वीरगंजका शाखा प्रबन्धक विशेष दिवागयाले वताए ।
यस्तै कार्यक्रमहरु देशभरका १२ स्थानहरू गरिएकाे नविल बैंक वीरगंजका शाखा प्रबन्धक दिवागयाले जानकारी दिए । जहाँ बैंकले यस्तै पदयात्रा कार्यक्रमहरू आयोजना गरेको उनले वताए । जसले लैङ्गिक समानता र सामुदायिक सशक्तिकरणप्रतिको आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाउनले उनले बिश्वास व्यक्त गरे ।
वीरगंजमा भएको पदयात्रामा नबिल बैंकको सिमरा, जीतपुर, परवानीपुर, पावरहाउस चौक, बाइपास, कलैया शाखाका कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।