21.7 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

दोस्रो वीरगंज गोल्डकपको उदघाटन खेलमा वीरगंज युनाईटेड विजयी

वीरगंज । दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगीताकाे उद्घाटन खेलमा आयोजक वीरगंज युनाईटेड क्लब वीरगंज विजयी भएकाे छ । वीरगंजकाे आर्दशनगर रंगशलामा सुरु भएकाे प्रतियोगीताको उद्घाटन खेलमा वीरगंज युनाईटेड क्लबले १–० गोल अन्तरले गरवाल डाइमण्ड फुटबल क्लब दिल्लीलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको हाे ।

खेलको ५२ औ मिनेटमा गरवाल डाइमण्ड फुटबल क्लबका खेलाडी सन्दिप रानाले आत्मघाती गोल गरेपछि वीरगंज युनाईटेड क्लबले अग्रता पाएको हो । खेलमा फर्कन निरन्तर प्रयास गरेको गरवाल डाइमण्ड फुटबल क्लबले अन्तिम सम्म पनि सकेन । खेलको म्यान आफ दि म्याच वीरगंज युनाईटेड क्लबका खेलाडी विपिन मगर घोषित भएका थिए ।

भोली आइतबारकाे खेल सहलेश फुटबल क्लब सिरहा र संकटा फुटबल क्लब काठमांडौ बिच हुने आयाेजकले जनाएकाे छ । प्रतियोगितामा राष्ट्रिय स्तरका आठ फुटबल टिमको सहभागिता जनाउने छन ।

अब प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती यूथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश फुटबल क्लब सिराहा र आयोजक वीरगंज युनाइटेड क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगंज गोल्डकप प्रतियोगितामा विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ ।

प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगंज महानगरपालिका रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा आउने दर्शकलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माण गरीएको छ । अस्थायी प्याराफिटमा करिब दुई हजारभन्दा धेरै दर्शन घट्ने क्षमता रहेको छ भने ग्राउन्डमा अन्य तीन हजारभन्दा धेरै दर्शक अट्ने क्षमता रहेको छ । प्रतियाेगिताकाे उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:214. Generation time:4.824 sec. Memory consumption:82.4 mb