31.8 C
Birgunj
31 March 2025
KALIKATIMES.COM

दोस्रो वीरगंज गोल्डकप यही फागुन १७ गतेदेखि हुने

वीरगंज । मधेस प्रदेश कै सर्वाधिक धनराशि भएको दोस्रो वीरगंज गोल्डकप २०८१ यही फागुन १७ गतेदेखि हुने भएकाे छ । आयाेजक भेट्रान सिटी क्लब वीरगंजले बिहिबार पत्रकार सम्मेलन गर्दै वीरगंजस्थित आर्दशनगर रंगशालामा हुने प्रतियाेताकाे सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेकाे जनाएकाे छ ।

राष्ट्रिय स्तरका आठ फुटबल टिमको सहभागिता रहने प्रतियाेगिता फागुन २४ गते सम्पन्न हुने भेट्रान सिटी क्लब वीरगंजका उपाध्यक्ष सागर समशेर जबराले वताए । उनका अनुसार फुटबल प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ । मधेस प्रदेशमा फुटबल खेलको संस्कृति विकास गर्न दोस्रो वीरगंज गोल्डकप फुटबल प्रतियोगिता गर्न लागिएकाे उनले जानकारी दिए ।

प्रतियोगितामा सङ्कटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बागमती यूथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गरवाल डाइमण्ड फुटबल क्लब दिल्ली, एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सलहेश फुटबल क्लब सिराहा र आयोजक वीरगंज युनाइटेड क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीलाई नगद ११ लाख ११ हजार एक सय एघार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेता हुने टोलीलाई पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी,मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने प्रतियोगिता संयोजक सुबोधकुमार श्रीवास्तवले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वीरगंज महानगरपालिका रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक करोड खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितामा आउने दर्शकलाई लक्षित गरेर अस्थायी प्याराफिट निर्माण गरीएको छ ।

अस्थायी प्याराफिटमा करिब दुई हजारभन्दा धेरै दर्शन घट्ने क्षमता रहेको छ भने ग्राउन्डमा अन्य तीन हजारभन्दा धेरै दर्शक अट्ने क्षमता रहेको छ । विगतमा वीरगंजमा चर्चित फुटबलका गतिविधि हुने गरे पनि पछिल्लो समय सुस्ताएको फुटबलको गतिविधिलाई फेरि जुरमुराउनका लागि प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगिता संयोजक श्रीवास्तवले बताए ।

प्रथम वीरगन्ज गोल्ड कप फुटबल प्रतियोगिता २०८० को कात्तिक महिनामा आयोजना गरिएको थियो । प्रथम संस्करणको वीरगंज गोल्डकपको विजेताको रूपमा नेपाल पुलिस क्लब र उपविजेताको रूपमा नेपाल आर्मी क्लब भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पत्रकार रजककाे हत्याकाे विराेधमा कालाे पट्टी बांधेर विराेध प्रदर्शन

कालिका टाईम्स

ईकाइ कार्यालयद्वारा सिफारिस भएका शिक्षहरुलाई नियुक्ति पत्र वितरण

कालिका टाईम्स

नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मियो : प्रभु साह

कालिका टाईम्स
SQL requests:218. Generation time:5.000 sec. Memory consumption:82.7 mb