27.6 C
Birgunj
2 April 2025
KALIKATIMES.COM

जुनियर फुटबलको फाइनलमा नवदिप र लिटिल फ्लावर प्रबेश

वीरगंज । प्याब्सन पर्साद्वारा आयोजित ईन्टर स्कुल जुनियर फुटबल प्रतियोगितामा आइतबार भएकाे खेलमा नवदीप र लिटिल फ्लावर विद्यालयले जित हासिल गर्दै फाइनलमा स्थान बनाएका छन् ।

पहिलो खेलमा ज्ञानज्योति स्कुल र नवदीप एकेडेमीबीच भएको प्रतिस्पर्धामा नवदीपले ३–० को जित निकाल्यो । नवदीपका आर्यन कुशवाहा उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा ठोरी र लिटिल फ्लावर भिडेका थिए, जहाँ लिटिल फ्लावरले ३–० को जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । लिटिल फ्लावरका करण मण्डल उत्कृष्ट खेल प्रदर्शन गर्दै प्लेयर अफ द म्याच बने ।

आइतबारकाे खेलका विजेताहरु लिटिल फ्लावर र नवदीप एकेडेमीले उपाधिका लागि भिडन्त पक्का गरेका हुन् । विपद् व्यवस्थापन गुल्म वीरगञ्जको खेलमैदानमा साेमबार फुटबलको फाइनल खेल हुने प्याब्सन पर्साका सचिव अशोक संग्रौलाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अहिलेको संकटको एकमात्रै समाधान तेस्रो जनआन्दोलन हो : प्रभु साह

कालिका टाईम्स

जसपाकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न, डेढ सय जनालाई मेयर सिंहले गराए प्रबेश

कालिका टाईम्स

परवानीपुरमा दोस्रो अध्यक्ष कप शुरु

कालिका टाईम्स
SQL requests:214. Generation time:3.122 sec. Memory consumption:82.4 mb