25.5 C
Birgunj
21 February 2025
KALIKATIMES.COM

प्याब्सन अण्डर-१२ क्रिकेट प्रतियोगितामा कालिका एकेडेमी विजयी

वीरगंज ।  प्याब्सन वीरगंज महानगर समितिको आयोजनामा जारी अण्डर-१२ क्रिकेट प्रतियोगिता अन्तर्गत बिहिबार भएकाे पहिलाे खेलमा पर्साकाे ग्रामिण भेगमा रहेका स्कुल कालिका एकेडी विजयी भएकाे छ ।

वीरगंजस्थित ज्ञानदा एकेडेमीको मैदानमा भएकाे खेलमा एसआर ग्यालेक्सी वीरगंज १३ राधेमाईलाई हराउँदै २९ रनले हराउँदै कालिका एकेडेमी कालिकामाई गाउँपालिका २, भेडिहारी विजयी भएकाे हाे ।

एसआर ग्यालेक्सीले टस जितेर फिल्डिङ्ग राेजेपछि सुरुमा ब्याटिङ गरेकाे कालिका एकेडेमीले पुरै १० ओभर खेल्दै ६ विकेटकाे नाेक्सानीमा १०९ रन बनाएकाे थियाे । त्यसपछि ११० रनकाे लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रेकाे एसआर ग्यालेक्सीले ७ ओभर मै पुरै विकेट गुमाउँदै ८० रनमै समेटिएपछि कालिका एकेडेमी विजयी घाेषित भएकाे थियाे ।

खेलकाे म्यान अफ द म्याच ५० रन बनाएर कालिका एकेडेमी कै साेनु साह भएका थिए । म्यान अफ द म्याच भएका साहलाई प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरण प्रधानले सिल वितरण गरेका थिए । 

यसैगरी अण्डर-१२ क्रिकेट प्रतियोगिता अन्तर्गत नै बिहिबार भएकाे दाेस्राे खेलमा मुनलाईट स्कुल वीरगंजलाई हराउँदै विद्यासागर स्कुल वीरगंज विजयी भएकाे प्याब्सन वीरगंज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

संविधान २०४७ पुनः स्थापनाका लागि जनआन्दोलनको अहृवान

कालिका टाईम्स

बैंकहरूले प्रस्ताव पत्रमा गरेको प्रतिबद्धता अनुसार ऋण वितरण गर्दैनन् : सिए चाैरसिया

कालिका टाईम्स

प्याब्सन वीरगंज महिला क्रिकेटमा ओम नेशनल, गौतम र अल्पाइन स्कुल विजयी

कालिका टाईम्स
SQL requests:214. Generation time:6.250 sec. Memory consumption:82.4 mb