वीरगंज । पर्सा प्रहरीले लागु औषध चरेश सहित बुधबार राति एक महिलालाई पक्राउ गरेकाे छ ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले बाराकाे प्रसौनी गाउँपालिका वडा नं.२ बुनियाद घर भई हाल वीरगंज महानगरपालिकाकाे वडा नं.१६ बसपार्कमा घरकोठा भाडामा लिइ बस्दै आएकी ३० बर्षिय आरती यादवलाई पक्राउ गरेकाे हाे ।
वीरगंज महानगरपालिकाकाे वडा नं.१६ शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले नेपालबाट भारततर्फ जाने तथा भारतबाट नेपालतर्फ आउने सवारी साधन तथा पैदलयात्रीहरूलाई चेकजाँच गर्ने क्रममा आरतीलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।
आरतीले बोकेको ब्यागमा रातो रंगको ग्यालेन भित्र प्लाष्टिकमा सानो सानो पोकामा लुकाइ छिपाई राखिएको लागु औषध चरेश जस्तो देखिने पदार्थ ग्यालेन विनाको ११ के.जी. ४०० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुबाष भट्टले जानकारी दिए ।
बरामद लागु औषध चरेश जस्तो देखिने पदार्थ सहित निज आरती यादवलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमा ल्याइ निज विरुद्द लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको उनले वताए ।