21.5 C
Birgunj
21 February 2025
KALIKATIMES.COM

प्याब्सन पर्साकाे जुनियर फुटबलमा ग्रामिण भेगका स्कुल ब्लु हेभेन विजयी 

वीरगंज । प्याब्सन पर्साले आयोजना गरेको जुनियर फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएकाे एक खेलमा ग्रामीण भेगका स्कुल ब्लु हेभेन एकेडेमी विजयी भएकाे छ ।

प्याब्सन राज होजियारी जुनियर फुटबल प्रतियोगिता अन्तर्गत भएको दोस्रो खेलमा धोबिनी गाउँपालिकाको ब्लु हेभेन एकेडमी स्कूलले वीरगंजका विद्यासागर स्कूललाई १-० ले हराउँदै जित दर्ता गरेको छ । ब्लु हेभेनका अमित कुमार पटेल खेलको म्यान अफ द म्याच घोषित भए ।

यस अघि पहिलो खेलमा ज्ञान ज्योति स्कूलले माउण्ट एडमण्डलाई २-० ले पराजित गर्दै विजयी भएको थियाे । खेलको म्यान अफ द म्याच माउण्ट एडमण्डका प्रज्वल मुखिया भए ।

तेस्रो खेलमा हिमालय पिरामिड विद्यालय मैदानमा उपस्थित नभएकाले वीरगंज पब्लिक ई. स्कूलले वाक ओभर पाउँदै सहज जित हात पारेको छ ।

चौथो खेलमा डिएभी स्कूलले अल्पाइन स्कूललाई २-० ले पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा स्थान बनाएको छ । डिएभीका युवराज पटेल खेलको म्यान अफ द म्याच घोषित भए ।

पाँचौँ खेलमा ठोरी एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन फ्युचरलाई १०-० को फराकिलो अन्तरले पराजित गरेको छ । ठोरी एकेडेमीका युवेश राई खेलको म्यान अफ द म्याच बने ।

यसअघि, प्रतियोगिता अन्तर्गत क्रिकेटका खेलहरूमा पनि उत्साहजनक प्रतिस्पर्धा देखिएको थियो । प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाका अनुसार प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको उत्साह बढाउनुका साथै विद्यालयबीच सौहार्दपूर्ण सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

संविधान २०४७ पुनः स्थापनाका लागि जनआन्दोलनको अहृवान

कालिका टाईम्स

बैंकहरूले प्रस्ताव पत्रमा गरेको प्रतिबद्धता अनुसार ऋण वितरण गर्दैनन् : सिए चाैरसिया

कालिका टाईम्स

प्याब्सन वीरगंज महिला क्रिकेटमा ओम नेशनल, गौतम र अल्पाइन स्कुल विजयी

कालिका टाईम्स
SQL requests:214. Generation time:7.788 sec. Memory consumption:82.4 mb