20 February 2025
KALIKATIMES.COM

जनमत पार्टी पर्साको बैठक सम्पन्न

यु२४ अभियानलाई प्रभावकारी बनाउने निर्णय

वीरगंज । जनमत पार्टी पर्साको जिल्ला समन्वय समितिको बिस्तारीत बैठक साेमबार सम्पन्न भएकाे छ । जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको अध्यक्षतामा पोखरियामा बसेकाे बैठक सम्पन्न भएको हाे ।

बैठकलाई सम्बाेधन गर्दै जिल्ला अध्यक्ष सरार्फले पार्टीलाई जनमुखी र पर्सा जिल्लामा एक नम्बरको पार्टी बनाउने उदेश्यले यु२४ अभियानलाई प्रभावकारी एवं तिब्र बनाउन जोड दिए ।

उनले मधेसका मुख्यमन्त्री बेथिति र भ्रष्टाचार विरुद्ध चालेका सकारात्मक कदमले पार्टीको गरिमा बढेको र जनमानसमा जनमत प्रति आकर्षण र बिश्वास बढेको जिकिर गरे ।

राजनीति समिति सदस्य सिपु तिवारीले आम जनताको आशा र भरोसा एवं उतम विकल्प डा.सिके राउत र जनमत पार्टी नै रहेको वताए ।

बैठकमा केन्द्रिय सदस्यहरु अनुराग द्विवेदी, रम्भा मिश्र, अनिता रौनियार, नजमा खातुन, वीरगंज महानगर अध्यक्ष महादेव शर्मा, युवा अध्यक्ष उदय यादव, महिला जिल्ला अध्यक्ष अन्जना गुप्ता, विद्यार्थी अध्यक्ष बिबेक झा, दलितको जिल्ला अध्यक्ष नरेश राम, वीरगंज महानगर युवा संयोजक संजय सिह, विभिन्न पालिका अध्यक्षहरु एवं जिल्ला समन्वय समितिका सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

लागु औषध गाँजा र चरेश सहित एक भारतिय पक्राउ

कालिका टाईम्स

बौद्धिक पेसाकर्मीको राष्ट्रिय उपाध्यक्षमा डा. आलम

कालिका टाईम्स

प्याब्सन अण्डर-१२ क्रिकेट प्रतियोगितामा कालिका एकेडेमी विजयी

कालिका टाईम्स
SQL requests:214. Generation time:3.190 sec. Memory consumption:82.41 mb