वीरगंज । जनमत पार्टी, पर्साको लोककल्याणकारी अभियान अन्तर्गत संचालित निशुल्क आँखा शिविर थप ३ ठाउँमा सम्पन्न भएकाे छ ।
पर्साकाे कालिकामाई गाउँपालिका वडा नम्बर -३, धोबिनी गाउँपालिकाकाे वडा नम्बर -२ र वीरगंज महानगरपालिकाकाे वडा नम्बर -२२ मा गरि ३ ठाउँमा शिविर सम्पन्न भएको हाे । यो तीन वटा शिविरहरुमा ३१५ जना लाभान्वित भएका छन् भने १०३ जनामा मोतियाबिन्दु भेटिएको जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सरार्फले जानकारी दिए ।
मोतियाबिन्दु भएकाकोहरुको शल्यक्रिया वीरगंज सामुदायिक आँखा केन्द्रमा निशुल्क रुपमा गरिने अध्यक्ष सरार्फले बताए । शिविरमा जनमत पार्टीका नेताहरू गौरीशंकर गुप्ता, प्रदीप साह, अनिता रौनियार, नजमा खातुन, अमरनाथ सिंह राठौर, अमिरखा कुर्मी, रामरतन राम, रुक्साना खातुन लगायतको सक्रिय सहभागीता रहेको थियो ।
हाम्रो अभियानबाट अहिले सम्म २५ सय ७५ भन्दा बढी जना लाभान्वित भएका छन भने ६०४ भन्दा बढीको मोतिया बिन्दको शल्यक्रिया सफलता पुर्वक सम्पन्न भएको जिल्ला अध्यक्ष सरार्फले जानकारी गराए । यो अभियान पर्साको गाउँदेखि सहर सम्म जारी नै रहने अध्यक्ष सरार्फले बताए ।