20.8 C
Birgunj
18 February 2025
KALIKATIMES.COM

वीरगंजमा हुने महिला क्रिकेट तथा अण्डर-१२ क्रिकेट प्रतियोगिताकाे तयारी पुरा

वीरगंज । प्याब्सन वीरगंज महानगर समितिको आयोजनामा वीरगंजमा महिला क्रिकेट तथा अण्डर-१२ क्रिकेट प्रतियोगिता हुने भएको छ । वीरगंजस्थित ज्ञानदा एकेडेमीको मैदानमा शुक्रबारदेखि हुने प्रतियाेगिताकाे सम्पूर्ण तयारी पुरा भएकाे आयाेजकले जनाएकाे छ ।

प्रतियोगिता सम्बन्धी जानकारी दिन बिहीबार भिस्वा होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष राहुल श्रीवास्तवले प्रतियोगितामा केटीतर्फ २१ विद्यालय र केटातर्फ २० विद्यालयले सहभागिता जनाउने जानकारी दिए ।

नेपाल विद्यालय खेलकुद महासंघसँगको समन्वयमा हुन लागेको उक्त प्रतियोगितामा पहिलो पटक टेनिस बलको प्रयोग गरिनेछ । नकआउट आधारमा हुने खेलमा प्रत्येक टोलीमा ११ जना खेलाडी रहनेछन् भने फिल्डिङ गर्ने क्रममा ९ जना मात्र मैदानमा रहनेछन् ।

प्रतियोगिता संयोजक तथा वीरगंज महानगर समितिका सचिव अमित आलोकका अनुसार एक दिनमा चार वटा खेल हुनेछन् ।प्रतियोगिताकाे उद्घाटन वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले गर्ने छन् ।

प्याब्सन वीरगंज महानगर समितिका अध्यक्ष राहुल श्रीवास्तवकाे अध्यक्षतामा भएकाे पत्रकार सम्मेलनमा प्याब्सन मधेश प्रदेशका उपाध्यक्ष पुरण प्रधान, प्याब्सन वीरगंजका पूर्व अध्यक्ष आलोक चौरसिया, पूर्व सचिव सन्नी पाख्रिन, प्याब्सन कालिकामाई गाउँपालिकाका अध्यक्ष जयप्रकाश चाैरसिया, विजय वाल लगायतकाे उपस्थितिमा रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा “जिम्मेवार पत्रकारिता र राससकाे भूमिका” विषयक अन्तरक्रिया

कालिका टाईम्स

प्याब्सन अन्तरविद्यालय टुर्नामेन्ट : क्रिकेटतर्फ ३ र फुटबलतर्फ ४ खेल सम्पन्न

कालिका टाईम्स

जनमत पार्टी पर्साको बैठक सम्पन्न

कालिका टाईम्स
SQL requests:223. Generation time:3.814 sec. Memory consumption:82.71 mb