सेढवा । ३० औ जनयुद्धको अवसरमा नेकपा माओबादी केन्द्र जिराभवानी गाँउपालिकाले पनि दिप प्रज्वलन गरेको छ ।
माओवादी केन्द्रले बिहिवार साझ जिराभवानी गाँउपालिका वडा नं ३ नौकाटोला बजारको मैदानमा दिप प्रज्वलन गरेका हो । माओबादी केन्द्र जिराभवानीका अध्यक्ष रामाकान्त चौधरीको अध्यक्षता सो कार्यक्रम सम्पन्न भएका थियो ।
कार्यक्रममा गाउँकमिटीका सचिव अजित राम, सचिव जितेन्द्र बच्छार, किशुनी मिर्दाहा, रुदल रौरा, अरुण दास, बिद्यान्चल महतो थारु, उपेन्द्र चौधरीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन माओबादी कमिटीका लहवर रामले गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस