19 February 2025
KALIKATIMES.COM

जनयुद्ध दिवसको अवसरमा सखुवा प्रसौनीमा पनि दीप प्रज्वलन

वीरगंज । ३० औं जनयुद्ध दिवसको अवसरमा पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका-२, औराहा पचगावामा पनि दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) पर्साका नेता शिवकुमार साह तेलिको प्रमुख आतिथ्यतामा तथा मधेस मुक्ति मोर्चा पर्साका संयोजक बिदयासागर यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा सहकारी केन्द्र नेपाल पर्साका संयोजक प्रदीप चौधरी, स्थानीय नेता हारिलाल राम, प्रमानन्द राम, कपिलदेव चौधरी, मुकेश चौरसिया, रामबहादुर पण्डित लगायत सयौं नेता-कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले महान जनयुद्धको योगदान, त्यसले स्थापित गरेका मूल्य-मान्यताहरू तथा वर्तमान राजनीतिक अवस्थाका सन्दर्भमा आफ्ना धारणा राखेका थिए। साथै, जनयुद्धका सपना पूरा गर्न जनताको संगठित भूमिकाको आवश्यकतामाथि जोड दिइएको थियो।

यस अवसरमा दिवंगत सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उपस्थित नेता तथा कार्यकर्ताहरूले जनयुद्धको ऐतिहासिक महत्वलाई स्मरण गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा “जिम्मेवार पत्रकारिता र राससकाे भूमिका” विषयक अन्तरक्रिया

कालिका टाईम्स

प्याब्सन अन्तरविद्यालय टुर्नामेन्ट : क्रिकेटतर्फ ३ र फुटबलतर्फ ४ खेल सम्पन्न

कालिका टाईम्स

जनमत पार्टी पर्साको बैठक सम्पन्न

कालिका टाईम्स
SQL requests:219. Generation time:7.227 sec. Memory consumption:82.43 mb