2 April 2025
KALIKATIMES.COM

वाईसिएलले वीरगंजमा दिप प्रज्वलन गरेर जनयुद्ध दिवस मनायो

उत्पीडित जाती, क्षेत्र, लिंगको मुक्तिकामी आन्दोलन जनयुद्ध भएको नेता साहको दाबी

वीरगंज । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसियल) नेपाल पर्साले ३० ओैं जनयुद्ध दिवस मनाएको छ । वाईसियलले बिहीबार सांझ वीरगंजकाे घण्टाघर चौकमा दिप प्रज्वलन गरेर जनयुद्ध दिवस मनाएको हो ।

कार्यक्रममा सहभागी जनयुद्धको क्रममा सहदत भएका सहिदहरु प्रती श्रद्धासुमन ब्यक्त गरे । कार्यक्रममा बोल्ने वक्ताहरूले जनयुद्धको भावना अनुसार पार्टी एकताबद्ध भएर काम गर्नु पर्ने वताए । वक्ताहरुले माओवादी केन्द्रप्रति आकर्षण बढी रहेको भन्दै पार्टीपंक्तिलाई एकताबद्ध गर्न आवश्यक रहेको धारण राखेका थिए ।

नेकपा माओवादी केन्द्रका नेता बलिराम साहले आवज विहीनहरूको आवाज, सम्पूर्ण उत्पीडित जाती, क्षेत्र, लिंगको मुक्तिकामी आन्दोलन जनयुद्ध भएको वताए । उनले जनयुद्ध कै बलमा देशमा गणतन्त्र, संघियता, धर्म निरपेक्षता, समानुपातिक समावेशीता कायम गर्न सफल भएको दाबी गरे ।

माओवादी केन्द्र पर्साका पुर्व जिल्ला अध्यक्ष समेत रहेका नेता साहले नेपालको सबैभन्दा ठुलो राजनैतिक तथा बलिदानीपुर्ण संघर्षको रूपमा स्थापित नेपाली जनताको “महान जनयुद्ध” मर्म अनुसार पार्टी भित्रका सम्पुर्ण नेता कार्यकर्ता एकताबद्ध हुन जरुरी रहेको वताए ।

वाईसीएलका केन्द्रिय सदस्य सन्तोष पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य शेखचान्द तारा, टेक बहादुर शाक्य, रामबाबु बैठा, रहबर अन्सारी, प्रदेश कमिटी सदस्य छोटेलाल यादव, सरिफ गद्दी, शिव कुमार साह, पिन्टु रौनियार लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

एमालेको सड़क प्रदर्शनले सरकारको असफलतालाई पुष्टी गर्छ : प्रभु साह

कालिका टाईम्स

पर्सागढीकाे शिक्षक नियुक्ति विवाद अदालत सम्म पुग्याे

कालिका टाईम्स

फस्ट स्टेप प्रिस्कुलकाे दाेस्राे बार्षिकाेत्सव सम्पन्न

कालिका टाईम्स
SQL requests:214. Generation time:2.612 sec. Memory consumption:82.41 mb