13.7 C
Birgunj
8 February 2025
KALIKATIMES.COM

विभिन्न समूदायको परम्परागत बाजागाजा लोप हुँदै

ओमप्रकाश चाैधरी/
सेढवा । पर्साका बिभिन्न समूदायको परम्परागत बाजा गाजा लोप हुँदै गएका छन । आदिवासी जनजातिमा पर्ने थारु, तामाङ, नेवार तथा मदेशी समूदायका परम्परागत बाजा गाजा लोपन्मुख भएका छन ।

आदिवासी समुदायका परम्परागत संस्कृति बाजा गाजा अन्तर्गत रहेका मानर, डम्फू, हेला खुर्दुक, ढाक तासा, धुतुवा, बाँसुरी लगायतका बाजाहरुको लोप हुने अवस्थामा पुगेका छन । थारु कल्याणकारिणी समितिका केन्द्रीय सदस्य ब्रिजमोहन चौधरीका अनुसार बिगतमा समुदायमा बिवाह तथाअन्य खुसीका समयमा यो बाजाहरु बजाई रमाइलो गर्ने परम्परा रहेका थिए ।

प्रत्येक गाउ टोलमा यी बाजा बजाउने सिप भएका ब्यक्तिहरुलाई समाजमा जिम्मेवारी नै दिई मिलाएर बसाई गर्न लगाएका केन्द्रीय सदस्य चौधरीले बताए । तर अहिले अधिकांश बाजा लोप भएका केहि स्थानमा ढाक तासा, हेला खुर्दुक बाजा अझै समाजमा रहेका चौधरीले बताए ।

यी बाजाहरुलाई बिस्ताफित गर्दै समूदायमा डि जे, बैण्ड बाजा, सात सहेलिया लगायतका आधुनिक बाजा बजाउन प्रचलन बढेका छन ।

त्यस्तै नेवार समुदायको परम्परागत बाजा धिने बाजा पर्साबाट पूर्ण रुपले बिस्तापित भएका ठोरी गाउपालिका वडा नं ४ बिजयबस्ती नेवार समूदायको अगुवा रामबहादुर श्रेष्ठले बताए । परम्परागत संस्कृति जोगाउन नेवार समूदायमा बिभिन्न संघ/संस्था गठन गरेपनि राजनीतिक कारण पाटीगत संस्था भएको श्रेष्ठले बताए । मुलुकमा संघियता आए पनि जनप्रतिनिधिहरु यसको संरक्षणका लागि केही नगरेको श्रेष्ठको आरोप रहेकाे छ ।

त्यस्तै तामाङ समुदायका अगुवा ठोरी गाउपालिका वडा नं ५ सुवर्णपुरका भिमबहादुर पाख्रिनले पश्चिमी सभ्यता हाम्रो नेपाली समुदायमा हाबी भएको बताए । तामाङ समूदायका परम्परागत बाजा डम्फू, मुचुङ्गा, टुना लगायतका बाजा लोप भएको पाख्रिनले बताए ।

बिवाह भोजमा समेत यी बाजाहरु प्रयोग नभएको र अकल झुकल रेकर्डिङ बजाउने गरिएको भेटिएको पाख्रिनले बताए । अहिले प्रयोगमा रहेका डिजे, बैण्ड बाजा, ढोल तासा, सात सहेलियाँ लगायतका बाजामा ठूलो आवाजमा बजाईने गरेका हुँदा रोगी तथा बृद्धाहरुको स्वास्थ्यमा समस्या हुने गरेका जनाएको छन ।

यसका साथै यी बाजाहरु आआ अश्लील तथा भडकिलो गीत संगीतको बढि प्रयोग भएकाले समाजमा बिकृति समेत समाबेश भइरहेको स्थानीयले जनाएका छन ।

त्यस्तै क्षेत्री बहुन समुदायका परम्परागत बाजा पंचे बाजा तथा नरसिंह बाजा पनि लोप हुने अवस्थामा पुगेका छन । यस सम्बन्धमा पटेर्वासुगौली गाउँपालिका वडा नं २ वडाध्यक्ष बिजय गैरेका अनुसार पंचे बाजा र नरसिहा बाजा हाल पनि संरक्षणमा रहेको बताए । तर यी बाजाका लागि ठूलो रकम तिर्न पर्ने भएका कारण सबैको पहुचमा नरहेको वडाध्यक्ष गैरेले बताए ।

तराईमा बाहुन र क्षेत्रीको जनसंख्या न्यून भएकाले यस क्षेत्रमा खासै प्राथमिकता नराखिएका वडाध्यक्ष गैरेले बताए । तर पहाड तिर अहिले पनि यी परम्परागत बाजाका संरक्षणका लागि सामगि तथा महिला दिदी बहिनीहरुलाई प्रशिक्षण दिने गरिएका वडाध्यक्ष गैरेले बताए ।

यस सम्बन्धमा शिक्षक सेवा निवृत मधेशी मूलका छोटेलाल प्रसादका अनुसार प्राय: अधिकांश समूदायका संस्कृति तथा परम्परा झल्काउने पहिचानहरु लोप हुँदै गएकाे बताए । मधेशी समुदायका कहि कहि सहनाई, ढाक तासा लगायतका बाता बिद्धमान रहेपनि प्रयोगमा नरहेको शिक्षक छोटेलाल प्रसादले बताए ।

बिवाह भोज तथा अन्य कार्यक्रममा यस्ता बाजाहरु प्रयोगमा ल्याउदा समुदायका अग्रजहरुले नै नाकारात्मक दृष्टिकोणले हेर्ने गरेको उनको बझाई रहेका छन । यी परम्परागत बाजा बजाउन सिपालु रहेका कलाकारहरुलाई बिहाभोजमा लैजादा प्राश्रमिक एकदमै न्यून दिने गरेकाले पनि यी पेशामा नलागेका गुनासा गरेका छन ।

हेला खुर्दुक बजाउन कमतिमा पाच जना आवश्यक पर्ने गरेका र एक वटा बिहेमा जादा दुई दिन खर्चिनु पर्ने उनीहरुको भनाई रहेको छ । बाजा बजाए वापत पाच जनाको बीचमा साढे दुई या तीन हजार रुपैया पाउने गरेको उनीहरुको गुनासो छ । जब की एक जना समान्य ज्यामीको दैनिक ज्याला पाच सय रुपैया रहेका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

निजामती कर्मचारी संगठन मधेश प्रदेशकाे उपाध्यक्षमा पुन: कुशवाहा

कालिका टाईम्स

प्रहरीद्वारा बरामद घरेलु मदिरा नष्ट

कालिका टाईम्स

नारायणी अस्पताल निर्माणका लागि आम नागरिक समाजकाे दबाब र्‍याली

कालिका टाईम्स
SQL requests:215. Generation time:3.062 sec. Memory consumption:82.39 mb