13.7 C
Birgunj
8 February 2025
KALIKATIMES.COM

प्रेस चाैतारी पर्साकाे अध्यक्षमा दुबै उम्मेदवारकाे बराबर मत, आधा आधा कार्यकालकाे जिम्मेवारी

वीरगंज । प्रेस चाैतारी पर्साकाे निर्वाचनमा अध्यक्षका दुबै उम्मेदवारकाे बराबर मत आएकाे छ । अध्यक्षका उम्मेदवार तुलसी भण्डारी र निरंजन मिश्रकाे बराबर मत आएकाे निर्वाचन समितिले जनाएकाे छ ।

दुबै अध्यक्षका उम्मेदवारकाे ४६-४६ मत आएपछि आधि आधि कार्यकालकाे जिम्मेवारी दिइएकाे निर्वाचन समितिका महेश दासले जानकारी दिए । गाेला पर्थाबाट भएकाे निर्णय अनुसार पहिलाे कार्यकालकाे निरन्जन मिश्र र दाेस्राे कार्यकालकाे तुल्सी भण्डारीले जिम्मेवारी पाएकाे नेकपा एमाले पर्साका सचिव समेत रहेका महेश दासले वताए ।

यसैगरी नवनिर्वाचित समितिकाे उपाध्यक्षमा राजेन्द्र सिंह राजपुत, महिला उपाध्यक्ष लक्ष्मी खरेल, सचिवमा कृष्ण कुशवाहा, सह सचिवमा पानालाल प्रसाद साह, मन्सुर खान, काेषाध्यक्षमा सन्ताेष पटेल विजयी भएका हुन् ।

यसैगरी समितिकाे सदस्यमा राजु बैठा, राम कुशवाहा, नविन कार्की, नितेश कुमार कर्ण, कृष्ण प्रसाद श्रीवास्तव, शैलेश गुप्ता, बिरेन्द्र साह, राजन कुमार सिंह, अर्जुन प्रसाद गुप्ता, बलिराम यादव, राजन बानिया विजयी भएका हुन् ।

यसैगरी केन्द्रिय परिषद सदस्यमा सुषमा शर्मा, किरण राज पाण्डे, संजिव कुमार मिश्र, आरसी यादव र प्रदेश परिषद सदस्यमा निलम पंत, शेखर छतकुली, युवराज खड्का, धर्मेन्द्र चाैरसिया विजयी भएका छन् ।    

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

निजामती कर्मचारी संगठन मधेश प्रदेशकाे उपाध्यक्षमा पुन: कुशवाहा

कालिका टाईम्स

विभिन्न समूदायको परम्परागत बाजागाजा लोप हुँदै

कालिका टाईम्स

प्रहरीद्वारा बरामद घरेलु मदिरा नष्ट

कालिका टाईम्स
SQL requests:215. Generation time:4.379 sec. Memory consumption:82.39 mb