13 March 2025
KALIKATIMES.COM

मूर्ति सेलाउँन जादा नदीमा डुबेर १ विद्यार्थीको मृत्यु, १४ घण्टा पछि शव फेला

वीरगंज । रौतहटको राजदेवी नगरपालिका-६ स्थित बागमती नदीमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बेपत्ता भएका विद्यार्थीको शव १४ घण्टापछि फेला परेको छ ।

राजदेवी नगरपालिका वडा न‌ं. ७ मुडवलवाका विद्यार्थीहरू मध्ये वर्ष २२ का सुरज यादव मंगलवार साँझ पौने ७ बजे डुबेर बेपत्ता भएका थिए । आफन्तको खबरपछि सशस्त्र प्रहरी बल बिओपी बेलविछवा, प्रहरी चौकी बेलविछवा र नेपाली सेनाको वीर दल गण रौतहटबाट खटिई गएको संयुक्त टोलीले खोजी गर्दै जाँदा बुधबार बिहान सवा १० बजे मूर्ति सेलाएको स्थानबाट १०० मिटर दक्षिण बागमती नदीमा डुबेको अवस्थामा विद्यार्थीको शव फेला पारेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए ।

मंगलबार सरस्वती माताको मुर्ति बिसर्जन गर्ने क्रममा रौतहटको राजदेवी नगरपालिका वडा न. ६ स्थित बागमती नदीमा राजदेवी-७ मुडवलवा निवासी एवम् प्रा.बि .कटरवनका प्रअ उमेश यादवको २२ वर्षीय छोरा सुरज यादवको शव फेला परेको हाे ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सञ्चारकर्मीसंग अभद्र व्यवहार गर्ने सशस्त्र प्रहरीका असई सिंहमाथि कारबाही प्रक्रिया सुरु

कालिका टाईम्स

ठाकुर राम स्ववियु निर्वाचन : सुधान्सु र मेघराजको प्यानल सहित स्वतन्त्र उम्मेदवारी

कालिका टाईम्स

कालिकामाई गाउँपालिकामा आज शाेक विदा

कालिका टाईम्स
SQL requests:214. Generation time:6.911 sec. Memory consumption:82.4 mb