13 March 2025
KALIKATIMES.COM

बारामा ६३ किलो गाँजा सहित दुईवटा मोटरसाईकल बरामद

वीरगंज । बारा प्रहरीले ठुलो मात्रामा अबैध लागुऔषध गाँजासहित २ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अंमृतगंज खजानीबाट खटिएको प्रहरीको टोलीले सुवर्ण गाउँपालिका वडा नं ३ बकतौरा स्थित नेपालबाट भारततर्फ लैजाने क्रममा ४ पोकामा ६३ किलो २०० ग्राम अबैध लागुऔषध गाँजासहित मोटरसाइकल नियन्त्रणमा लिएको हाे ।

प्रहरीले बकतौरामा लैजाने क्रममा बागमती प्रदेश ०२०४१ प ५७३७ र ना ६३ प ३९८८ नम्बरको मोटरसाइकलमा ६३ किलो अबैध लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

प्रहरीलाई हेरेर चालक फरार भएकाले मोटरसाइकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रवक्ता सापकोटाले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सञ्चारकर्मीसंग अभद्र व्यवहार गर्ने सशस्त्र प्रहरीका असई सिंहमाथि कारबाही प्रक्रिया सुरु

कालिका टाईम्स

ठाकुर राम स्ववियु निर्वाचन : सुधान्सु र मेघराजको प्यानल सहित स्वतन्त्र उम्मेदवारी

कालिका टाईम्स

कालिकामाई गाउँपालिकामा आज शाेक विदा

कालिका टाईम्स
SQL requests:214. Generation time:6.999 sec. Memory consumption:82.39 mb