21.6 C
Birgunj
13 March 2025
KALIKATIMES.COM

साउथजाेन माविकाे १६औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

वीरगंज । साउथ जोन माध्यमिक विद्यालय वीरगंजले आफ्नो १६औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ ।

वार्षिकोत्सव अवसरमा विद्यालयले आइतबार वीरगंजस्थित साह दरबार होटेलमा विशेष औपचारिक कार्यक्रमको आयोजना गरेकाे थियाे । कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका खानेपानी मन्त्री तथा पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले उद्घाटन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले वीरगंजकाे शैक्षिक क्षेत्रलाई मजबुत बनाउन साउथ जोन माध्यमिक विद्यालयले पुर्‍याएको योगदान अत्यन्त महत्त्वपूर्ण रहेको बताए । साथै, विद्यालयका विद्यार्थीहरू शिक्षासंगै अन्य अतिरिक्त क्रियाकलापहरूमा पनि उत्कृष्ट रहेको उल्लेख गरे ।

विद्यालयका प्रधानाध्यापक सरोज प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वर्षभर सञ्चालन भएका विभिन्न प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । साथै, नृत्य तथा गायन प्रतियोगिताहरूको आयोजना समेत गरियो ।

गायन प्रतियाेगिताकाे निर्णायक मण्डलमा रजनिश निराैला, सुर्य शुभचिन्तक र मनाेज पटेल रहेका थिए । प्रतियोगिताका विजेता र उपविजेताहरूलाई विशेष सम्मानसहित पुरस्कार प्रदान गरिएकाे थियाे ।

कार्यक्रममा प्रदेशसभा सदस्य रहबर अन्सारी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, वीरगंज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अधिकृत हरि राउत, आनन्द लामिक्षाने, प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, नेपाल पत्रकार महासङ्घ पर्साकी उपाध्यक्ष नीलिमा पौडेल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे, पर्सा अध्यक्ष शिवनाथ यादव, समाजवादी प्रेस सङ्गठन पर्साका अध्यक्ष शम्भु कुमार सुमन लगायत विभिन्न सङ्घ-संस्थाका प्रमुख, प्रतिनिधिहरू, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमकाे संचालन विद्यालय सहायक प्रधानाध्यापक अशाेक संग्राैलाले गरेका थिए भने स्वागत मन्तव्य शिक्षिका प्रमिला निराैलाले राखेकी थिइन । कार्यक्रम मै विद्यालयकाे बर्ष भरिकाे मुख्य गतिविधिकाे बारेमा विद्यार्थीहरुद्वारा तयार पारिएकाे पत्रिकाकाे विमाेचन समेत गरिएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सञ्चारकर्मीसंग अभद्र व्यवहार गर्ने सशस्त्र प्रहरीका असई सिंहमाथि कारबाही प्रक्रिया सुरु

कालिका टाईम्स

ठाकुर राम स्ववियु निर्वाचन : सुधान्सु र मेघराजको प्यानल सहित स्वतन्त्र उम्मेदवारी

कालिका टाईम्स

कालिकामाई गाउँपालिकामा आज शाेक विदा

कालिका टाईम्स
SQL requests:213. Generation time:4.075 sec. Memory consumption:82.4 mb