वीरगंज । जनमत पार्टी निकट युवा जनमत संघ पर्साकाे आयाेजनामा साेमबा वीरगंजमा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । वीरगंजस्थित जनमत पार्टी पर्साकाे पार्टी कार्यालयमा भएकाे कार्यक्रममा विभिन्न दलका २ सय भन्दा बढी युवाहरुले प्रवेश गरेकाे जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले वताए ।
कार्यक्रममा जनमत पार्टीका नेता तथा मधस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँ र जिल्ला अध्यक्ष सर्राफले नवप्रवेशीहरुलाई माला, गम्छा र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए ।
युवा जनमत संघ पर्साका अध्यक्ष उदय यादवको अध्यक्षतामा भएकाे कार्यक्रममा जनमत पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य माधव सिंह, केन्द्रिय सदस्यहरु सिपु तिवारी, अनुराग द्धिवेदी, बिध्यालाल प्रसाद, युवाको केन्द्रिय संयोजक संजय यादव, युवा नेता संजय सिंह, महादेव शर्मा, राजुराज गिरी, मनोज साह लगायतकाको पनि सहभागीता थियो ।
साेही अवसरमा युवा जनमत संघ पर्साकाे २१ सदस्यीय समिति बिस्तार पनि भएको जनमत पार्टी पर्साले जनाएकाे छ ।