5 February 2025
KALIKATIMES.COM

भारतबाट ल्याइएका ब्रोइलर कुखुरा नष्ट

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाबाट प्रहरीले ठुलो परिमाणमा भारतीय ब्रोइलर कुखुरा पक्राउ गरी नष्ट गरेकाे छ ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटेका प्रहरी गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नं १ ओरिया खोलाबाट सो कुखुरा बरामत गरिएकाे प्रहरीले जनाएकाे छ ।

भारतबाट अबैध रुपमा ल्याउदै गरेको प्रतिबन्धित सो ६० वटा कुखुरा १५० किलोग्राम पक्राउ गरी प्रहरी चौकी महादेवपटिमा स्थानीय जनप्रतिनिधि भद्रभलादमी र पशु क्वारेन्टाइनको प्रतिनिधिको रोहवरमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक प्रकाश थापाले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जीतपुरसिमरामा कर्मचारी तहवृद्धि विवाद, सातौं तहका कर्मचारी असन्तुष्ट

कालिका टाईम्स

प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसरमा दिप प्रज्वलन

कालिका टाईम्स

मौलापुरको मधानी महायज्ञमा रवि किशन लगायतका चर्चित कलाकार आउँदै

कालिका टाईम्स
SQL requests:215. Generation time:2.780 sec. Memory consumption:82.4 mb