वीरगंज । राेटरी क्लब अफ वीरगंज मेट्राेपाेलिसले बाराकाे जितपपुरसिमरा उपमहानगरपालिकाकाे वडा नं. १२ नितनपुरमा सिरक वितरण गरेकाे छ । जाडाे तथा शितलहरबाट प्रभावित नितनपुरका ५० दलित परिवारलाई फाइबरकाे सिरक वितरण गरिएकाे राेटरी क्लब अफ वीरगंज मेट्राेपाेलिसिले जनाएकाे छ ।
राेटरी क्लब अफ वीरगंज मेट्राेपाेलिसका अध्यक्ष अनिल जयसवाल, पूर्व अध्यक्ष जगदिश प्रसाद शर्मा, सचिव हरिओम साह लगायतकाे टाेलीले नितनपुर मै पुगेर दलित समुदायका गरिब तथा बिपन्न परिवारलाई सिरक सहयाेग गरेकाे हाे । समाजिक उत्तरदायित्व अन्तर्गत जाडाे र शितलहरबाट प्रभावित दलित समुदायका विपन्न परिवारलाई सिरक वितरण गरिएकाे क्लबका अध्यक्ष जयसवालले वताए ।
क्लबका सदस्यहरुबाट नै संकलित रकमबाट सिरक खरिद गरि जाडाेबाट प्रभावित परिवारकाे घर मै पुगेर सहयाेग स्वरुप हस्तान्तरण गरिएकाे उनले वताए । विगत दश बर्षदेखि क्लबले विभिन्न किसिमकाे समाजिक कार्य गर्दै आएकाे र अगामी दिनमा पनि गरिरहने उनले प्रतिवद्धता समेत जनाए ।