ओमप्रकाश चाैधरी/
सेढवा । पर्साको जीराभवानी गाउँपालिका वडा नं. ५ शंकर सरैया टाेलमा मंगलबार राति आगलागी भएकाे छ । स्थानिय लालबहादुर दास थारुकाे घरगोठमा आगलागी हुँदा घरगोठ र पशुचौपाया जलेर नष्ट भएको हाे ।
राती करिब १ बजे समयमा भएकाे आगलागीमा घरगोठ पुर्ण रुपले जल्नुको साथै १८ ओटा खसीबाख्रा जलेर नष्ट भएकाे स्थानीय शिक्षक जाटाशंकर यादवले बताए । अत्यधिक चिसोका कारण आगो ताप्न बालिएकाे घुरबाट आगो सल्किएर आगलागी भएकाे प्रहरीले जनाएकाे छ ।
आगलागीमा जलेकाे फुसको छानो भएको घर, काठ र पशु चौपाया गरी दुई लाख पचास हजार रुपैया बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।
प्रतिक्रिया लेख्नुहोस