5 February 2025
KALIKATIMES.COM

सरकारले अध्यादेशबाटै शासन गर्न थाल्यो : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशमार्फत शासन गर्न थालेको बताएका छन् ।

प्रतिपक्षी दलहरूको बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर अध्यादेशमार्फत शासन गर्न लागेको बताएका हुन् । ‘सरकारले संसदको बैठक नबोलाएर अध्यादेशमार्फ़त शासन गर्न थाल्यो’, उनले भने, ‘सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले रोकेको विषयलाई हामीले गम्भीर ढंगले लिनूपर्छ ।’

उनले वर्तमान सरकारको गठन नै अप्रजातान्त्रिक, अप्राकृतिक, अपारदर्शी एवम् अनैतिक भएको आरोप लगाए ।

सरकार विकासभन्दा भ्रष्टाचारमा केन्द्रित रहेको उनको भनाइ छ । सरकारले अहिले विपक्षीलाई तर्साउने, डराउने र फुटाउने खेलमा लागेको आरोपसमेत उनले लगाए ।

जनताबाट डराएकै कारण यो वर्ष प्रधानमन्त्रीले ल्होछार, माघे सकराँती, नेपाल प्रिमियर लिग जस्ता उत्सवमा सहभागी हुन नसकेको उनको भनाइ छ ।

बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत, रास्वपाका डीपी अर्याल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र बेदुराम भुसाल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका अध्यक्ष प्रभु साह, र नेसपाका महिन्द्रराय यादव र गंगानारायण श्रेष्ठ सहभागी थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जीतपुरसिमरामा कर्मचारी तहवृद्धि विवाद, सातौं तहका कर्मचारी असन्तुष्ट

कालिका टाईम्स

प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसरमा दिप प्रज्वलन

कालिका टाईम्स

मौलापुरको मधानी महायज्ञमा रवि किशन लगायतका चर्चित कलाकार आउँदै

कालिका टाईम्स
SQL requests:215. Generation time:3.225 sec. Memory consumption:82.42 mb