वीरगंज । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालकाे वीरगंज महानगर स्तरिय भेला शनिबार वीरगंजमा सम्पन्न भएकाे छ । वीरगंजमा सम्पन्न भेलाले तारकेश्वर चाैवेकाे अध्यक्षतामा ५५ सदस्यीय युवा संघ नेपाल वीरगंज महानगर कमिटी गठन गरेकाे छ ।
गठित कमिटीकाे उपाध्यक्षमा अखलेश गुप्ता, सचिव मधु सिह, सह सचिव नागेश्वर यादव, काेषाध्यक्ष जयप्रकाश मण्डल, पपु कुमार महताे, दिपेश सर्राफ, सुनिल पटेल, राेशन साह, मनाेहर गिरी, राजेश मण्डल रंजित यादव, कृष्णा पटेल, विकास यादव, विपिन महताे, राजु पटेल, शक्ति कुमार गुप्ता लगायतका सर्वसहमत चयन भएका छन् ।
नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय सदस्य एवं पर्सा जिल्लाका सह ईन्चार्ज मनाेज चाैधरीकाे अध्यक्षता सम्पन्न भेलाकाे उद्घाटन नेकपा (एकीकृत समाजवादी) केन्द्रिय सदस्य नगेन्द्र चौधरी चाैधरीले गरेका थिए ।
भेलालाई सम्बाेधन गर्दै नेता चाैधरीले युवाहरुकाे निर्देशनलाई पार्टीले आफ्नो म्यान्डेट बनाएर अगाडी बढने बताए । उनले पार्टीले युवाहरुलाई काम गर्ने दिने र राजनितीकाे अग्र मोर्चामा राख्ने नीति लिएकाेले युवाहरुले देशकाे मुहार फेर्न नेतृत्व लिनु पर्ने कुारामा जाेड दिए ।
वीरगंज नगर सभागृहमा भएकाे भेलालाई नेकपा (एकिकृत समाजवादी) का केन्द्रिय सदस्य एवं मधेश प्रदेशका सह इन्चार्ज रामचन्द्र साह, केन्द्रिय सदस्य एवं पर्सा जिल्लाका ईन्चार्ज बालगाेपाल थापा, पार्टीका युवा नेता मंंजुर आलम, युवा संघका केन्द्रिय सदस्य सन्जु चाैधरी, जयशंकर यादव लगायतकाे उपस्थिती रहेकाे थियाे भने भेलाकाे सहजिकरण समाजवादी प्रेस संगठनका केन्द्रिय सचिव बृजलाल पासवानले गरेका थिए ।