16 April 2025
KALIKATIMES.COM

गोल्डेन फ्युचरमा आर्थिक साक्षरता सम्बन्धि प्रशिक्षण

वीरगंज । लायन्स क्लब वीरगंज सेंट्रल सिटी र लायन्स क्लब प्रभु अस्पतालको संयुक्त आयोजनामा वीरगंजकाे गोल्डेन फ्युचर सेकन्डरी स्कुलमा बुधबार आर्थिक साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

क्लबकी अध्यक्ष डा. लक्ष्मी थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रशिक्षक कबिता खड्का, एरिया चिफ लायन श्याम गुप्ता, प्रभु बैंकका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई आर्थिक साक्षरता सम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रभु बैंकका अध्यक्ष दिगम्बर गुप्ता, डा. निरञ्जन साह, निर्देशक डा. उमेश चौरासिया र प्रभु बैंक मधेस प्रदेशका प्रमुख भूषण गुप्ता, चन्दन गुप्ता, मुकेश गुप्ताको लगायकाे पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा वाेल्ने वक्ताहरुले आर्थिक साक्षरताको महत्त्वबारे आफ्ना विचार राख्दै यस किसिमका कार्यक्रमले विद्यार्थीहरूमा वित्तीय सचेतना विकास गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । आयोजकहरूले आगामी दिनमा पनि यस्ता शिक्षामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रशिक्षण कार्यक्रममा गोल्डेन फ्युचर सेकन्डरी स्कुलका कक्षा ९ र १० का करिब ८० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जिल्लाकाे शान्ति सुरक्षा कायम गर्न पर्सा प्रशासन असफल, वीरगंज फेरी असान्त बन्दै

कालिका टाईम्स

वीरगंज जेसीजद्वारा कलाकार साह, अली र सहनी सम्मानित

कालिका टाईम्स

शाेभा यात्रामा ढुंगामुडा भएपछि झडप हुँदा एसपि, डिएसपि सहित ४० जना घाइते

कालिका टाईम्स
SQL requests:216. Generation time:3.689 sec. Memory consumption:82.44 mb