वीरगंज । आम जनता पार्टी (आजपा) ले वीरगंजमा आयाेजना गर्न लागेकाे भ्रष्टाचार विरुद्धको खबरदारी सभा सफल बनाउन मंगलबार पनि छलफल जारी राखेकाे छ । आजपाले वीरगंजकाे राधेमाईमा गरेकाे छलफलमा सहभागि युवाहरु यही २७ गते हुने खबरदारी सभामा व्यापक सहभागिता जनाउने प्रतिवद्धता जनाएका छन् ।
उक्त छलफलमा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, महासचिव त्रिभुवन साह, प्रदेश अध्यक्ष उमेश कुशवाहा, आइटी आर्मी पर्साका इन्चार्ज दिपेन्द्र जयसवालको बिशेष उपस्थिति रहेकाे थियाे ।
यसैबिच वीरगंजमा हुने खबरदारी सभा सफल बनाउन राैतहटकाे मौलापुरमा पनि आजपा रौतहट जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । संगठन बिस्तार एवं संघर्षको समीक्षा सहित बसेको उक्त बैठकले पौष २७ गते बिरगंजमा हुने भ्रष्टाचार विरुद्धको खबरदारी सभामा ब्यापक सहभागिता जनाउन निर्णय गरेकाे छ ।
उक्त बैठकले नरेश तुराहाको अध्यक्षतामा गठित नयाँ जिल्ला कमिटीका साथीहरूको स्वागत सम्मान सहित कार्यविभाजन समेत गरेकाे जनाइएकाे छ । आजपाका केन्द्रिय अध्यक्ष प्रभु साहकाे प्रमुख आतिथ्यतामा उक्त बैठक सम्पन्न भएकाे थियाे ।
वीरगंजकाे घण्टाघरमा हुने खबरदारी सभालाई आजपाका केन्द्रिय अध्यक्ष साह सहित नेताले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ । जुन सभाले वीरगंजलाई देशकाे आर्थिक राजधानी बनाउ दबाव सृजना गर्ने पनि जनाइएकाे छ ।