वीरगंज । आम जनता पार्टी (आजपा) पर्सा जिल्ला कमिटीको बैठक साेमबार वीरगंजमा सम्पन्न भएको छ । पौष २७ गते वीरगंजमा हुने भ्रष्टाचार विरुद्धको खबरदारी सभालाई सफल बनाउन बैठक सम्पन्न भएकाे आजपाले जनाएकाे छ ।
बैठकलाई सम्बाेधन गर्दै आजपाका अध्यक्ष प्रभु साहले सरकारका मान्छेहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए । सोही कारण खबरदारीका लागि वीरगंजमा सभा आयोजना गर्न लागिएकाे वताए । मुलुकमा बढ्दै गइरहेको भ्रष्टाचारविरुद्ध खबरदारी गर्न सभा गर्न लागेको उनको भनाई छ ।
यसैगरी वीरगंजलाई आर्थिक राजधानी घोषणा गराउनकाे लागि खबरदारी सभा गर्न लागिएकाे आजपाले जनाएकाे छ । खबरदारी सभालाई पूर्वमन्त्रीसमेत रहेका अध्यक्ष साहले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।
वीरगंजकाे घण्टाघरमा हुने ऐतिहासिक सभामा विभिन्न ठाऊँबाट ब्यापक सहभागिता गराउने प्रतिबद्धता सहित नेताहरूको कार्यविभाजन समेत भएकाे आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले वताए ।
यसैगरी वीरगंजमा हुने खबरदारी सभा सफल बनाउन पर्साकाे विभिन्न ठाउँमा भेटघाट तथा छलफल समेत गरिएकाे उनले वताए । पर्साको बहुदरमाई नगरपालिकाकाे वडा नं. २ पिप्राम आम जनसमुदायको साथमा भेटघाट तथा छलफल सम्पन्न भएको प्रदेश अध्यक्ष कुशवाहाले जानकारी दिए ।
आजपाले वीरगंजलाई देशको आर्थिक राजधानी घोषण गराउनको लागि हुने खबरदारी सभामा व्यापक समर्थन जुटिरहेकाे वताइएकाे छ ।
प्रिपामा भएकाे कार्यक्रममा आजपाका बरिष्ठ उपाध्यक्ष एवं मधेश प्रदेश ईन्चार्ज उपेन्द्र साह, मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा, पर्सा अध्यक्ष बिशवराज पटेल, जिल्ला सदिस्य राज साह लगातकाे उपस्थिती रहेको थियो ।