वीरगंज । जनमत पार्टीका नेता बृजेश्वर प्रसाद चाैधरीले एक विपन्न परिवारलाई आर्थिक सहयाेग गरेका छन् । नेता चाैधरीले पिडित परिवारकाे घरमै पुगेर नगद सहयाेग गरेका हुन् ।
पर्साका जगरनाथपुर गाउँपालिका वडा नं. ५ धर्मपुर गाउँका एक विपन्न परिवारका बिरामीलाई नगद रु ५ हजार आर्थिक सहयोग गर्नुकाे साथै साे परिवारका बालबालिकाहरुलाई न्यानाे कपडा समेत सहयाेग गरेका हुन् । समाजिक कार्यकर्ता समेत रहेका चाैधरीले जाडाेमा प्रभावित साे परिवारका ३ जना बालबालिकाकाे सुइटर र टाेपी उपलब्ध गराएकाे वताए ।
केही महिनौ देखी बिरामी रहेका विपन्न परिवारका महिलालाई थोरै भए पनि उपचारमा केही सहज होस भनी उद्देश्यले सहगाेग गरेकाे नेता चाैधरीले वताए । उनले सहयाेग राशी पिडित महिलाई उपलब्ध गराउँदै स्वास्थ्य लाभकाे कामना समेत गरेकाे जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस