वीरगंज । वीरगंजकाे रानिघाट छठ घाटकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । वीरगंज कै सबभन्दा पुरानाे छठ घाटकाे तयारी अन्तिम चरणमा पुगेकाे रानिघाट छठ पुजा समितिका अध्यक्ष रन्जन सिंह राजपुतले जानकारी दिए ।
रानीघाटस्थित सिर्सिया नदीलाई विशेष टेण्टपण्डाल र झिलिमिली बत्तीले बेहुलीझैँ सजाइएको छ । अध्यक्ष राजपुतका अनुसार विगत बर्ष भन्दा यस बर्ष छठ घाट भव्य रुपमा सजाइएकाे छ । छठ घाट सजवाटमा करिब रु १३ लाख बराबरकाे खर्च हुने अनुमान गरिएकाे छ । साे रकम स्थानियहरुबाट चन्दा संकलन गरेर जम्मा गरिएकाे छ ।
यस बर्ष छठ घाटमा सांस्कृतिक कार्यक्रम समेत आयाेजना गरिएकाे अध्यक्ष राजपुतले वताए । सांस्कृतिक कार्यक्रमकाे लागि भारतकाे बनारसबाट कलाकारहरु बाेलाइएकाे उनले वताए । सांस्कृतिक कार्यक्रम छठ पुजाकाे साझिया घाटेकाे समय छठ घाट मै दिउसाे ३ बजेदेखि सांझ ५ बजे सम्म र पुन: राति ८ बजेदेखि ११ बजे सम्म आयाेजना गरिने उनले जानकारी गराए ।
वीरगंजमा छठ पुजाकाे लागि विशेष रुपमा सजाइने छठ घाट मध्येका रानिघाट छठ घाट पनि एक हुन् । यसैगरी वीरगंजकाे घडिअर्वा पोखरी, आदर्शनगरको स्वीमिंग पुल, नगवा पोखरी र मूर्ली पोखरीलाई पनि आकर्षक रूपमा सजावट गरिएको छ ।
श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व विधिवत् रूपमा मङ्गलवारदेखि सुरु भएको छ भने मुख्य दिन कार्तिक २२ गते परेको छ, जसलाई सँझिया घाटे भनिन्छ । यस दिन छठका व्रतालुहरूले जलाशयमा उभिएर सूर्य उपासना गर्दै अर्घ दिने गर्छन् । सप्तमी तिथिको भोलिपल्ट, भोरिया घाटेका दिन पनि व्रतालुहरू बिहानै जलाशयमा अर्घ अर्पण गर्छन् ।