23.4 C
Birgunj
28 October 2024
KALIKATIMES.COM

ओम नेशनल एकेडमीका कक्षा ११ का विद्यार्थीहरुकाे स्वागत कार्यक्रम सम्पन्न

आजकाे विद्यार्थी नै भाेलीका भविष्य हुन् : मन्त्री प्रदिप यादव

वीरगंज । संघिय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले शिक्षा नै देश विकासको समग्र आधार भएको वताएका छन् । वीरगंजस्थित ओम नेशनल एकेडमी प्लस २ साइन्स कलेजका कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले शिक्षाले नै समृद्धि ल्याउन निर्णायक भूमिका खेल्ने कुरामा जोड दिए । ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मन्त्री यादवले आजकाे विद्यार्थीहरु नै भोलिकाे भविष्य भएकाे वताए । उनले भने “आजकाे विद्यार्थीहरु मध्ये नै भाेली डाक्टर, इन्जिनिय, सांसद, मन्त्री बन्नु हुन्छ । त्यही भएर आफ्नै देशमा अवसर खोज्न पर्छ ।”

मन्त्री यादवले ओम नेशनल कलेजले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै कलेजले शिक्षाको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने अभियानमा विद्यालयको भूमिकाले महत्त्वपूर्ण रहेकाे वताए ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वैभव वीरगंज बनाउने अभियानमा आफु लागि परेकाे वताए । उनले आफू पनि वद्यार्थीहरु जस्तै सिक्ने क्रममा रहेकाे वताउँदै वैभव वीरगंज बनाउन सबैको साथ सहयाेग आवश्यक रहेको बताए । युवाहरूलाई “ऊर्जाको स्रोत” भन्दै उनले वीरगंजका युवाहरूलाई हरेक क्षेत्रमा अगाडि बढेको हेर्न चाहेको बताए ।

“महानगरका सबै गल्लीहरू सफा र व्यवस्थित देख्न मेरो ठूलो इच्छा छ,” मेयर सिंहले भने यो अभियानमा विद्यार्थीहरूको सहयोग अनिवार्य रहेको छ ।” उनले एक्लैले मात्र वीरगंज सरसफाई अभियान सम्भव नहुने हुँदा, प्रत्येक व्यक्तिले आफ्नो व्यवहारमा सुधार ल्याउनु आवश्यक रहेकाे वताए ।

कलेजका निर्देशक शोभा यादवकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्ण, कलेजका निर्देशक एवम् प्रिन्सपल हरिश्याम ठाकुर, कलेजका निर्देशक एवम् भाइस प्रिन्सपल नगिना प्रसाद कानु, मानव सेवा आश्रमका दिवेश गुप्ता, समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय सदस्य मनाेज पटेल लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रमकाे संचालन कलेजका प्राध्यापक श्याम बिकेश महताेले गरेका थिए भने कलेजका बारेमा जानकारी र स्वागत मन्तव्य कलेजका संयाेजक एमडी अमितले गरेका थिए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

मुख्यमन्त्रि सिंहद्वारा पाेखरिया अस्पतालकाे अनुगमन

कालिका टाईम्स

जनमत पार्टी पर्सा क्षेत्र नं. ४ काे कार्यालय उद्घाटन तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न

कालिका टाईम्स

लिटल बडी प्रिस्कुलमा अभिभावक रंगाेली प्रतियाेगिता सम्पन्न

कालिका टाईम्स
SQL requests:217. Generation time:4.019 sec. Memory consumption:81.41 mb