20.2 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका यूवा नेता स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथि (श्रद्धाञ्जली सभा) बिहीबार एक कार्यक्रमगरी मनाइएको छ । परवानीपुर गाउँपालिका वडा नं ३ स्थित वडा कमिटीको आयोजनामा स्वर्गीय यादवको वार्षिक पूर्णिय तिथि मनाइएको हो ।

श्रद्धाञ्जली सभा कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय महासचिव तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गदीले श्रद्धाञ्जली अर्पण गर्दै स्वर्गीय सन्तोष यादवको योगदानलाई पार्टीले कहिले पनि बिर्सिन नसकिने बताए । उनको अकाल मै स्वर्ग बासले पार्टीलाई ठूलो क्षति भएको बताए ।

पूर्व मुख्यमन्त्री गदिले यस दुःखको घडीमा उनको परिवारलाई पार्टीको तर्फबाट सक्दो आर्थिक सहयोग गरिने बताए ।

यसैगरी जनता समाजवादी पार्टी बारा क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष यूवा नेता सञ्जु साहले श्रद्धाञ्जली अर्पण गर्दै स्वर्गीय सन्तोष यादव हामी सबैको ह्रिदयमा जीवित रहने बताए । उनले भनेू उनको स्वर्ग बासले आज उनको परिवारमा जुन आर्थिक र मानसिक समस्या भएको छ यसमा हामी सबैले उनको परिवारलाई उचित सहयोग गर्ने, उनको छोरा छोरीलाई निःशुल्क शिक्षा उपल्बध गराउने बाँकी सहयोग गरे मात्र उनको सही श्रद्धाञ्जली अर्पण हुने बताए ।

नेता साहले स्वर्गीय सन्तोष यादव आफ्नो नजिकको साथी रहेको र मधेश आन्दोलनमा उनको ठुलो भूमिका र योगदान रहेको स्मरण गरे । साथै उनले आफ्नो तर्फबाट पनि उनको परिवारको लागि गर्नु पर्ने सहयो गर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा जसपा पार्टीका केन्द्रीय सदस्य रसना यादव, भरत बहादुर खड्का, रुपलाल चौधरी, पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव लगायतले आ (आफ्नो मन्तब्य राखेका थिए ।

कार्यक्रममा स्वर्गीय सन्तोष यादवका धर्म पत्नी श्रदा यादव, पार्टीका नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम परवानीपुर गाउँपालिका वडा नं ५ का निर्वाचित वडा अध्यक्ष रामेश्वर साह कलवारको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन आनन्द यादवले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

कालिका टाईम्स

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स
SQL requests:218. Generation time:6.526 sec. Memory consumption:81.39 mb