23.8 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंजमा विभिन्न कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाइयाे

पाेलियाे उन्मुलनमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूकाे भुमिका सराहनिय : मेयर सिंह

वीरगंज । पर्साकाे सदरमुकाम वीरगंजमा बिहिबार विभिन्न कार्यक्रमकाे आयाेजना गरि विश्व पोलियो दिवस मनाइएकाे छ । रोटरी क्लब अफ वीरगंज र रोटरी क्लब अफ वीरग‌ज मेट्रोपोलिसले संयुक्त रुपमा जनचेतनामूलक वाक रैली र मैनवती प्रज्वलन कार्यक्रम गरि विश्व पाेलियाे दिवस मनाएकाे हाे ।

बिहिबार विहान वीरगंज नारायणी अस्पतालबाट सुरु भएको जनचेतनामूलक वाक रैली अलखिया मठ, आदर्शनगर, महाविरस्थान, माइस्थान हुँदै घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

रोट्री क्लब अफ वीरगंजका निर्मल खत्री र रोट्री क्लब अफ मेट्रोपोलिसका अध्यक्ष अनिल जयसवालको संयुक्त अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत देवीसहाय मीना, पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल, डा. नीरज सिंह, डा. उदयनारायण सिंह, डा. आनन्द झा, प्याब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी, वीरगंज युवा समाजका पूर्व अध्यक्ष कमल चाैलागाई लगायत सरकारी तथा गैरसरकारी सङ्घ-संस्थाका प्रतिनिधिहरू, विद्यालयका विद्यार्थीहरू, सुरक्षाकर्मीहरू र सञ्चारकर्मीहरूको व्यापक सहभागिता रहेको थियो ।

घण्टाघरमा आयोजित कोणसभालाई सम्बाेधन गर्दै मेयर सिंहले पोलियो उन्मूलनमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले खेलेको भूमिकाको प्रशंसा गरे । उनले स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग सदैव उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे ।

काेण सभा सम्पन्न पछि कार्यक्रमका सहभागिहरु वीरगंजकाे लालबंगलामा पुगेर मानव साङ्लो पनि बनाएका थिए । ‘इण्ड पोलियो’ अर्थात् पोलियो उन्मूलन गरौँ भन्ने सन्देशसहित मानव साङ्लो प्रदर्शन गरिएको राेटरी क्लब वीरगंजका
मेट्रोपोलोसका अध्यक्ष अनिल जैसवालले वताए ।

नेपालमा पोलियो उन्मूलन भए पनि यसको पुनः सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै जनचेतना जगाउन यस्तो कार्यक्रमको आयोजना गरिएको उनले वताए ।

यसैगरी विश्व पाेलियाे दिवस कै अवसरमा बिहिबार सांझ वीरगंजकाे घण्टाघरमा मैनवती प्रज्वलन कार्यक्रमको पनि सम्पन्न भएकाे राेटरी क्लब अफ वीरगंजका सचिव हरिओम साहले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:219. Generation time:3.910 sec. Memory consumption:81.4 mb