24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

वीरगंज । पर्सा प्रहरीले गाँजा खेती फँडानी तथा नष्ट गर्ने अभियान सुरु गरेको छ । जिल्लामा लुकीछिपी अवैध रुपमा भइरहेको गाँजा खेतीलाई नष्ट गर्ने अभियान प्रहरीले सुरु गरेकाे हाे ।  

 सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा बुधबार पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ थरकटी स्थितमा १ विघामा लगाइएकाे ७ हजार गाँजाकाे बाेट फडानी तथा नष्ट गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली समेतबाट खटिएको २० जनाको संयुक्त प्रहरी टोलीले अवैधरूपमा लगाइएको गाँजाको बोट फडानी तथा नष्ट गरेकाे उनले वताए । साथै गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही गरिने पनि प्रवक्ता भारतीले वताए ।     

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:220. Generation time:3.441 sec. Memory consumption:81.39 mb