23.7 C
Birgunj
19 October 2024
KALIKATIMES.COM

रवि लामिछाने पक्राउको विरोधमा वीरगंजमा पनि प्रदर्शन, निकालियाे शव यात्रा

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्राउको विरोधमा शनिवार वीरगंजमा प्रदर्शन भएकाे छ । पूर्व गृह मन्त्री समेत रहेका लामिक्षानेकाे रिहाईकाे माग गर्दै रास्वपा पर्साका नेता-कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।

वीरगंजकाे क्लासिक बैंक्वेटबाट निस्केकाे विराेध र्‍याली घण्टाघर, माइस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुन: घणंटाघरमा पुगी काेण सभामा परिणत भएकाे थियाे । विराेध र्‍यालीमा सहभागिहरुले नगर परिक्रमा गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीकाे विरोधमा चर्काे नाराबाजी समेत गरेका थिए ।

प्रदर्शन कै क्रममा मिना बजार क्षेत्रबाट सरकारको प्रतीकात्मक शव यात्रा समेत निकालिएको थियो । जुन घण्टाघर चोक पुगेर मुख्य जुलुससँग मिसिएको थियो । साे क्रममा प्रहरीले हस्तक्षेप समेत गरेको थियाे ।

कोण सभालाई सम्बाेधन गर्दै रास्वपा पर्सा जिल्ला संयाेजक हरि पन्तले सरकारको सभापति ज्युलाई प्रतिशाेधकाे लागि नियन्त्रणमा लिएकाे वताए । उनले सरकारकाे कदमलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै भने, “संसदीय छानबिन समितिले निर्दोष ठहर गरिसकेको अवस्थामा पनि रवि लामिछानेलाई फसाउन राज्यका शक्तिहरू प्रयोग गरिएका छन् ।”

उनले काँग्रेस र एमालेजस्ता परम्परागत दलहरू नयाँ राजनीतिक शक्तिहरूको उदयबाट त्रसित भएको दाबी गर्दै सरकारको यो कदमको कडा प्रतिवाद गर्ने चेतावनी दिए ।

कोणसभामा केन्द्रीय सदस्य नन्दन यादवले पनि लामिछानेको गिरफ्तारीलाई राजनीतिक षड्यन्त्रको परिणाम भने । उनले काँग्रेस-एमाले नेतृत्वको सरकारको योजनाबद्ध प्रयासले रास्वपा र त्यसका नेताहरूलाई बदनाम गर्न खोजिएको आरोप लगाए । यादवले भने, “नेपाली जनताले मन पराउन थालेका लामिछानेलाई न्यायालयले निर्दोष साबित गर्नेमा हामी विश्वस्त छौँ ।”

विराेध प्रदर्शनमा रास्वपाका पूर्व जिल्ला संयाेजक दिलिप कुर्मी, पर्सा क्षेत्र नं. ४ का संयाेजक जितेन्द्र मिश्रा, युवा नेता महादेव प्रसाद कुर्मी, बहुदरमाई नगरपालिकाका सभापति चन्दन यादव, तुलसा पाैडेल अधिकारी लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

गढीमाई मेलामा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गर्न मन्त्री यादवकाे निर्देशन

कालिका टाईम्स

वीरगंजमा ड्रोन मार्फत भू–सर्वेक्षण सुरु

कालिका टाईम्स

साना किसान कृषि सहकारी संस्थाको पाँचौ साधारण सभा सम्पन्न

कालिका टाईम्स
SQL requests:217. Generation time:3.284 sec. Memory consumption:81.42 mb