28.8 C
Birgunj
19 October 2024
KALIKATIMES.COM

वीरगंजमा ड्रोन मार्फत भू–सर्वेक्षण सुरु

वीरगंज । वीरगंज महानगरपालिकाले भू–तथ्यांक व्यवस्थापन गर्दै बैज्ञानिक ठेगाना प्रणाली लागु गर्न ड्रोन मार्फत भू–सर्वेक्षण गर्ने कार्य शुक्रबारबाट सुरु गरेको छ । भू सुशासनका लागि ३२ वटै वडाको भू–तथ्यांक संकलन गर्न ड्रोनमार्फत सर्वेक्षण सुरु गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

नेपाल भारत प्रवेश विन्दु शंकराचार्य गेटबाट ड्रोन उडाएर तथ्यांक संकलन कार्य सुरु गरिएको हो । महानगर प्रमुख सिंहले ड्रोन उडाएर भू–सर्वेक्षण कार्यको सुरुवात गरेका हुन् । बढ्दो सहरीकरणसँगै जनघनत्व बृद्धि हुँदै गए पनि भू–तथ्यांक चुस्त नहुँदा तथ्यांकमा आधारित उपयोग निर्धारण नीति कार्यान्वयन गर्न कठीनाई हुँदै आएको थियो ।

भू–तथ्यांक व्यवस्थापन गर्दै वैज्ञानिक ठेगाना प्रणालीमार्फत महानगरलाई व्यवस्थित र स्मार्ट नगरका रूपमा विकास गर्न यो प्रणालीले टेवा पुर्याउने महानगरका प्रमुख सिंहले बताए ।

भू–तथ्यांक व्यवस्थापन भए पछि बैज्ञानिक ठेगाना प्रणाली लागु हुनुका साथै तथ्यांकमा आधारित उपयोग निर्धारण नीति अवलम्बन गर्न सहयोग पुग्ने र त्यसले कर प्रणालीमा सुधार ल्याइ कर संकलनमा समेत बृद्धि हुने हुँदा समग्र महानगरपालिकाको समृद्धिमा यसले काम गर्ने पनि उनले वताए ।

युके इन्टरनेशनल डेभलपमेन्टको आर्थिक सहयोग र द एशिया फाउण्डेसनको डाटा फर डेभलपमेन्ट कार्यक्रम अन्तर्गत यो परियोजना सुरु भएको हो । महानगरपालिकाको ३२ वटै वडाको भू–तथ्यांक संकलन गर्न नक्सा प्रा.लि. र जीओभेसन प्रा.लि.को संयुक्त प्राविधिक साझेदारीमा आजबाट ड्रोन परिचालन भएको छ ।

ड्रोन मार्फत ३२ वटै वडाको तथ्यांक संकलन गर्न १० दिन लाग्ने र त्यसपछि तथ्यांकको प्रशोधन गरि उपयोगमा ल्याउन केही समय लाग्ने सर्वेक्षणमा संलग्न नक्सा प्रा.लि.ले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

गढीमाई मेलामा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गर्न मन्त्री यादवकाे निर्देशन

कालिका टाईम्स

रवि लामिछाने पक्राउको विरोधमा वीरगंजमा पनि प्रदर्शन, निकालियाे शव यात्रा

कालिका टाईम्स

साना किसान कृषि सहकारी संस्थाको पाँचौ साधारण सभा सम्पन्न

कालिका टाईम्स
SQL requests:215. Generation time:3.296 sec. Memory consumption:81.4 mb