28.8 C
Birgunj
19 October 2024
KALIKATIMES.COM

कालिकामाई युवा समाजले आफ्नाे पहिलो वार्षिकाेत्सव मानव सेवा आश्रममा मनायाे

वीरगंज । कालिकामाई युवा समाजले आफ्नाे पहिलो वार्षिकाेत्सव मानव सेवा आश्रममा मनाएकाे छ । एक बर्ष पहिला पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा नं. २ भेडिहारीमा स्थापना भएकाे युवा समाजले शुक्रबार वीरगंजकाे श्रीसियास्थित मानव सेवा आश्रममा खाजा वितरण कार्यक्रमकाे आयाेजना गरेर पहिलाे बार्षिकाेत्सव मनाएकाे हाे । 

संस्थाले मानव सेवा आश्रममा रहेका ७० जना आमा, बुवा तथा भाई बहिनीहरूलाई स्याउ, केरा, मिठाई, नमकिन लगायतका खानेकुराहरू वितरण गर्दै पहिलो वार्षिकाेत्सव मनाएकाे उत्सव मनाइएको समाजका काेषाध्यक्ष बुटेल तिवारीले जानकारी दिए ।

युवा समाजले विगत दुई वर्षदेखि सामाजिक कार्यमा सक्रिय रहेपनि २०८०/०७/०२ गते जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता गराउँदै हाल समाज कल्याण परिषदमा समेत आवद्ध भई युवा शक्तिलाई एकिकृत गरी समाजमा रहेका विकृति विरुद्ध चेतना फैलाउँदै स्वच्छ र समृद्ध समाज निर्माणको लागि आफूहरु सधै प्रयासरत रहेको समाजका अध्यक्ष आकाश चौरसियाले वताए ।

आगामी दिनमा पनि मानव सेवा आश्रम जस्ता क्षेत्रहरूमा हाम्रो निरन्तरता रहिरहने र आवश्यक परेकालाई सहयोग गर्नका निम्ति कालिकामाई युवा समाज सधैं काँधमा काँध मिलाई अघि बढ्ने तयार रहेकाे समाजका महासचिव विशाल कुशवाहाले वताए ।

मानव सेवा आश्रममा भएकाे खाजा वितरण कार्यक्रममा युवा समाजका वरिष्ठ उपाध्यक्ष आकाश महतो, उपाध्यक्ष भरत साह, कोषाध्यक्ष बुलेट तिवारी, महासचिव विशाल कुशवाहा, सुदिप चौरसिया, रमेश चौरसिया, मोहन महतो, धर्मेन्द्र चौरसिया, अनिश पटेल लगायतका उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

गढीमाई मेलामा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गर्न मन्त्री यादवकाे निर्देशन

कालिका टाईम्स

रवि लामिछाने पक्राउको विरोधमा वीरगंजमा पनि प्रदर्शन, निकालियाे शव यात्रा

कालिका टाईम्स

वीरगंजमा ड्रोन मार्फत भू–सर्वेक्षण सुरु

कालिका टाईम्स
SQL requests:226. Generation time:3.298 sec. Memory consumption:81.74 mb