28.8 C
Birgunj
19 October 2024
KALIKATIMES.COM

नारायणी सिचाईको लापरवाहीले कृषकहरु मर्कामा

वीरगंज । नारायणी सिचाई डिभिजन नम्बर ५ को ब्लाक नम्बर २ र बिएससी ४ र ५ मा अहिले सम्म पानी छोडिदा कृषकहरु मर्कामा परेका छन । पानीकाे आवश्यकता भएकाे बेला नहर पानी नआउने र पानी आवश्यकता नरहेकाे बेला मात्र याे नहरमा पानी आउने गर्छ ।

अहिले धान खेतीकाे लागि पानी आवश्यकता नरहेकाे र नगदे बाली छर्ने समय भएकाेले नहरकाे पानीकाे कारण समस्या भएकाे कृषकहरुले वताएका छन् । अहिले नहरमा छाेडिएका पानीका कारण खेतमा समेत पानी पुग्ने गरेकाे छ । जसका कारण नगदेवाली मसुरो, तलहन, तोरी तथा गेहु बाली लगाउन समस्या भएकाे कालिकामाई गाउपालिका वडानम्बर २ निवासी मोतलिाल चौरसियाले बताए । उनले अबिलम्ब नहरमा छाेडिएकाे पानी राेक्नु पर्ने वताए ।

अहिले लगाइएकाे सबै धानकाे खेतमा पानी रहेकोले नहरको पानी पनि खेतमा पस्न थालेका छन् । जस कारण खेतमा पानी जम्नाले नगदे वालीमा ढिलाई हुने कृषकहरु वताउँछन् । अहिले समय नगदे वालीको रुपमा मसुरो, तोरी, तिसी, आलु, प्याज, गेहु जस्ता बाली लगाउने रहेकाेले नहरमा पानीकाे आवश्यकता रहेकाे कृषकहरुकाे भनाई छ ।

यी नगदे वाली छर्न वा लगाउन खेत सुकेको हुनु पर्ने कृषकहरु बताउँछन् । तर नहरमा पानी नियमित रुपमा बगीरहदा नहर वरपर रहेकाे खेत सुक्न नसकेकाेले बाली छर्न र लगाउन कठिनाई भएको सोही वडा निवासी हजारी साहले बताए । पानीकाे अवश्यकता नै नभएकाे बेला नहर पानी छाेडनु सम्बन्धित निकायकाे लापरवाही भएकाे उनले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

गढीमाई मेलामा शुद्ध खानेपानी र शौचालयको व्यवस्था गर्न मन्त्री यादवकाे निर्देशन

कालिका टाईम्स

रवि लामिछाने पक्राउको विरोधमा वीरगंजमा पनि प्रदर्शन, निकालियाे शव यात्रा

कालिका टाईम्स

वीरगंजमा ड्रोन मार्फत भू–सर्वेक्षण सुरु

कालिका टाईम्स
SQL requests:219. Generation time:3.926 sec. Memory consumption:81.73 mb