22.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगंजमा युवकको पेटबाट सिसाको बोतल निकालियो

वीरगंज । वीरगंज १४ बहुअरीस्थित वीरगंज हेल्थ केयर हस्पिटलमा उपचारका लागि भर्ना भएका ४० वर्षीय युवक शिवनारायण साहको पेटबाट एक सिसाको बोतल निकालिएको छ ।

वीरगंज -१८ भवानीपुर निवासी साहलाई गत असोज १३ गते बिहान उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा पेटको एक्स–रे गर्दा सिसाको बोतल पत्ता लाग्दा स्वास्थ्यकर्मीहरू चकित भए । तत्पश्चात्, चिकित्सकहरूले तत्काल पेटको शल्यक्रिया गरी आन्द्रा काटेर उक्त सिसाको बोतल निकालेका थिए ।

करिब दुई हप्ता अस्पतालमा उपचार गराएर साह गत मङ्गलवार घर फर्किएका छन् । पेटमा सिसाको बोतल कसरी पस्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

पीडित साहसँग कुरा गर्दा उनले भने, “असोज १३ गते साँझ साढे ८ बजे मेरो होस खुलेको बेला मेरो मलद्वार र पेटमा पीडा भइरहेको थियो । चिकित्सकले मलाई भनेँ कि मेरो पेटमा सिसाको बोतल छ, तर त्यो कसरी पुग्यो भन्ने कुरा मलाई कुनै सम्झना छैन ।”

वडा प्रहरी कार्यालय श्रीपुरका निरीक्षक श्यामकुमार बस्नेतले पनि साहको पेटमा बोतल कसरी पस्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.303 sec. Memory consumption:81.42 mb