23.2 C
Birgunj
16 October 2024
KALIKATIMES.COM

माेटरसाइकल चाेरीकाे अभियोगमा ३ जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले माेटरसाइकल चाेरीकाे अभियाेगमा ३ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ९ निवासी २१ बर्षिय सिद्धार्थ चाैधरी, पर्सागढी कै वडा नं. ८ निवासी २४ बर्षिय बिशाल दास थारु र वडा नं. २ निवासी ३० बर्षिय पृतम कुमार महताे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले भदाै २८ गते साेमबार ५ वटा चाेरीकाे माेटरसाइकल सहित तिनै जनालाई पक्राउ गरेकाे हाे । 

जिल्ला प्रहरी कार्यालय पर्साले दिएकाे जानकारी अनुसार भदाै २५ गते सांझ ७ बजेकाे समयमा सखुवाप्रसौनी गाउँपालिका वडा नं.१ सतोवल निवासी शिवदत्त दास थारूको नाममा दर्ता रहेको ना.५१ प ७४३५ नम्बरको यामाहा कम्पनी १५० सि.सि.को एफजेड मोटरसाईकल निजले आफ्नै घर अगाडि पार्किङ गरी राखिएको अवस्थाबाट चाेरी हुन्छ ।

उक्त मोटरसाइकल खोज तलासको लागि शिवदत्तले जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा निवेदन दिएपछि खटिएको संयुक्त प्रहरी टोलीले भदाै २८ गते सांझ ५ बजेको समयमा पर्साकाे पर्सागढी नगरपालिका वडा नं.९ कोइलाभार स्थितबाट सिदार्थले चलाइरहेको अवस्थामा उक्त माेटरसाइकल फेला पार्न सफल हुन्छन् ।

प्रारम्भिक सोधपुछ गर्दा चोरीमा सलंग्न अन्य दुई जना र अन्य ४ थान मोटरसाइकल सहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक भारतीले वताए । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखि निजहरू विरुद्ध चोरी तथा डाँका सम्बन्धी कसूरमा थप अनुसन्धान भैरहेको प्रवक्ता भारतीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

महिलावादी ईतिहास सम्बन्धि फोटो प्रदर्शनी वीरगंजमा हुँदै

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा मन्त्रालय र विभागमा छड्के अनुगमन

कालिका टाईम्स

वीरगंज स्थित दशगज्जा क्षेत्रमा एसएसबीले गाेली चलायाे

कालिका टाईम्स
SQL requests:215. Generation time:2.859 sec. Memory consumption:81.39 mb