30 C
Birgunj
16 October 2024
KALIKATIMES.COM

सई सुभाष यादव उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कारबाट सम्मानित

वीरगंज । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) सुभाष यादव पुरष्कृत भएका छन् । ६९ औं प्रहरी दिवसको अवसरमा सई यादव उत्कृष्ट महिला बालबालिका सम्बन्धी अपराध अनुसन्धानकर्ता प्रहरी पुरस्कारबाट सम्मानित भएका हुन् ।

प्रहरी दिवसकाे अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौंमा आयाेजित कार्यक्रममा प्रहरी महानिरीक्षक  बसन्त बहादुर कुँवरले सई यादवलाई उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा सम्मान गरे । यादवलाई दिइने सम्मानपत्रमा राष्ट्र र नागरिकको सेवामा समर्पित सत्य सेवा सुरक्षणमको आदर्श वाक्यलाई आत्मसात गरी नेपाल प्रहरीको जिम्मेवारी भित्र पर्ने महिला बालबालिका सम्बन्धी अपराधको वस्तुनिष्ट, वैज्ञानिक र प्रभावकारी अनुसन्धान गरी अतुलनीय योगदान यादवले गरेको जनाइएको छ । 

उनले भारतिय सुरक्षाकर्मीहरु संग समन्यव गरि १५ जना बालिका उद्धार गरी अभिभावकलाई जिम्मा लगाएको, घरेलु हिंसा सत प्रतिशत र बालबालिका हराएको तथा ठाडो उजुरीको बिषयमा लैंगिक सम्बेदनशिल रही कार्य सम्झौताको लक्ष्य अनुसार कार्य सम्पादन गरेको, १२ बर्ष बालिकालाई यौन दुरुपयोग गर्ने मुद्दाको प्रतिबादीलाई दाखिला गरेको, १५ बर्षकी बालिकाको ज.ज.क.को प्रतिबादी दाखिला गरेको, अपहरण तथा शरीर बन्धकका प्रतिबादी पक्राउ गरि दाखिला लगायतकाे उत्कृष्ट काम गरेका छन् ।

यसैगरी श्रीमतिलाई हसियाले घाटि रेटेको र छोरीलाई दबिया टाउकोमा हानेकोलाई पक्राउ गरि दाखिला गरेको, पूर्व मा. रामचन्द्र रायको हत्याको अनुसन्धानमा सुचना संकलन गरेको र प्रतिबादि पक्राउ गरि दाखिला गरेको साथै हत्याको छानबिन तथा अनुसन्धान समितिमा रहि कार्य गरेका पहरी हुन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

महिलावादी ईतिहास सम्बन्धि फोटो प्रदर्शनी वीरगंजमा हुँदै

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा मन्त्रालय र विभागमा छड्के अनुगमन

कालिका टाईम्स

माेटरसाइकल चाेरीकाे अभियोगमा ३ जना पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:3.172 sec. Memory consumption:81.39 mb